चरो ठोकिएको सौर्यको जहाज काठमाडौं पुग्यो

चरो ठोकिएको सौर्यको जहाज काठमाडौं पुग्यो

धनगढी :  कैलालीको आकाशमा चरो ठोक्किएर करिब ६ घण्टा धनगढी विमानस्थलमा रोकिएको सौर्य एयरलायन्सको जहाजमा काठमाडौंका लागि गएको छ । काठमाडौंबाट प्राविधिक टोली आएर जाँचेपछि  काठमाडौंका लागि उडेको सौर्य एयरलायन्सका धनगढी स्टेशन इञ्चार्ज नवदित केसीले जानकारी दिए ।

चरो  ठोकिएपछि  बिहान साढे ११ बजेबाट धनगढी विमानस्थलमा ग्राउन्डेड भएको जहाज बेलुकी ५ः४० मा उडेको हो । प्राविधिक टोलीले कुनै खराबी नरहेको बताएपछि जहाज  उडेको उनले बताए । 

दिउँसोदेखि कुरिरहेका ५० जना यात्रु बोकेर जहाज काठमाडौंका लागि उडेको इन्चार्ज केसीले जानकारी दिए । शुक्रबार बिहान काठमाडौंबाट ११ बजेर ४० मिनेटमा ११ जना बालकसहित ५४ जना यात्रु बोकेर धनगढीका लागि उडेको सौर्यको जहाजमा धनगढी विमानस्थलदेखि २५ किलोमिटर टाढाको आकाशमा चरो ठोकिएको थियो ।  

धनगढी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर रवि यादवका अनुसार  करिब साढे ६ हजार फिटको उचाईमा रहेका बेला  जहाजको नोज (अगाडिको चुच्चो भाग) मा चरो  ठोकिएको थियो । कैलालीमा पर्ने घोडाघोडी नगरपालिकाको आकाशमा चरा ठोकिएको अनुमान  गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.