सर्‍यो गाउँपालिका केन्द्र

सर्‍यो गाउँपालिका केन्द्र

 कुस्मा : लामो समयदेखि विवादमा तानिएको पर्वत जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा सारिएको छ । गाउँपालिका घोषणा सँगै वडा नं. ३ को वडा कार्यालयबाट सञ्चालन हुँदै आएकोमा सेवा शुक्रबारदेखि वडा नम्बर ४ मा पर्ने लामाखेतबाट सुरु भएको हो ।

गाउँ कार्यपालिकाको दुईतिहाइ बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचनाअनुसार स्थायी केन्द्र लामाखेतमा कार्यालय स्थापना भएको हो । यसअघि वडा नं ३ मा पर्ने अस्थायी केन्द्र साविक माझफाँट गाविसको भवनबाट गाउँपालिकाको सेवा प्रवाह हँुदै आएको थियो ।

लामाखेतमा २ वटा घर भाडामा लिएर सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । लामो समयदेखिको विवाद र आन्दोलनपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लामाखेतमा सार्ने सहमति दिएपछि कार्यालय स्थानान्तरण भएको मल्लले बताए । वैशाख ९ गते गाउँपालिका अध्यक्ष मल्लको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सर्वसहमतिमा कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

बैठकले वडा नं. ४ का अध्यक्ष भीष्म मल्लको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र कार्यपालिका सदस्य माया शर्मा रिजाल सदस्य रहेको भवन तथा जग्गा व्यवस्थापन समिति गठन गरेको थियो । पहिलो गाउँसभामा दुई तिहाइ बहुमत सदस्यको समर्थनमा भएको निर्णय र गत फागुन तेस्रो साता राजपत्रमा प्रकाशित सूचनाअनुसार लामाखेतमा केन्द्र स्थापना गरिएको ८ नम्बर वडा नाङ्लिबाङका अध्यक्ष हरिविकास जिसीले जानकारी दिए ।

यसअघि तत्कालीन स्थानीय तहको संख्या, सिमाना र नामांकनका लागि बनेको आयोगले साविकका बाँसखर्क, माझफाँट, लेकफाँट, सालिजा, धाइरिङ, नाङ्लिबाङ र बनौ गाविसलाई समेटेर जलजलाको अस्थायी केन्द्र वडा न. ३ स्थित साविक माझफाँट गाविसलाई तोकेको थियो । यसअघि कार्यालय सञ्चालन हुँदै आएको माझफाँटको मल्लाजका बासिन्दाले कार्यालय स्थानान्तरणको विरोध गरेका छन् । उनीहरूले कार्यालयमा तालाबन्दी गरी कागजात र सामान नयाँ कार्यालयमा लैजान अवरोध गरेको स्थानीय लालबहादुर अधिकारीले जानकारी दिए ।

केन्द्र विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सेवाग्राहीलाई बिनासूचना एक्कासि कार्यालय सारिएकाले तालाबन्दी गरिएको स्थानीय रवीन जिसीले बताए । कार्यालय स्थानान्तरण भएपछि अन्य वडावासी भने हर्षित छन् । अहिलेको स्थानमा सडकको पहुँच, फराकिलो जग्गा भएकाले बाह्रैमास सेवाग्राहीलाई कार्यालयमा आउन सजिलो हुने स्थानीय बताउँछन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.