पार्टी एकतालाई मोदीसँग किन जोड्ने ?

पार्टी एकतालाई मोदीसँग किन जोड्ने ?

गोरखा :  नेकपा माओबादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्रीको भ्रमणलाई पार्टी एकतासँग नजोड्न आग्रह गरेका छन् ।पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गोरखा आइपुगेका नेता श्रेष्ठले शनिबार पत्रकार भेटघाटमा नेपालको आन्तरिक मामिलामा विदेशीको  हस्तक्षेप माग पनि नगर्ने र स्वीकार पनि नगर्ने बताए ।

“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ” उनले भने “ हामी उहाँलाई हार्दिकतापुर्वक स्वागत गर्छौ ,तर पार्टी एकताको कुरालाई मोदी वा अरुसँग किन जोड्ने । नेपालको आन्तरिक मामिलामा अरु कसैबाट हस्तक्षेप स्वीकार गर्ने वा हस्तक्षेप आमन्त्रण गर्ने दिन गए ।” 

नेता श्रेष्ठले बैशाख २० गते दुवै पार्टीका अध्यक्ष ओली र दाहालबीच बैठक बसेर पार्टी एकताको मिति तय हुने बताए । “२० गते दुई अध्यक्षबीच  छलफल हुन्छ, त्यसका भोलीपल्ट पार्टी एकता संयोजन समितिको  बैठक बस्छ । अध्यक्षहरुको सुझावका आधारमा पार्टी एकता घोषणाको मिति तोकिन्छ ।” उनले  यसअघिको पार्टी एकिकरण मितिको घोषणा आधिकारिक रुपमा नभएको दाबी समेत गरे ।

 पार्टी एकता घोषणा गर्न कुनै महत्वपुर्ण दिवस नपर्खने उनको भनाई छ । उनले भने ,“अब हाम्रो एकता भएको दिनलाई नै ऐतिहासिक दिवस बनाउने टुंगोमा पुगेका छौ । छिट्टै एकता हुन्छ ” पार्टी एकता प्रतिशतभन्दा समानता, सम्मानजनक आधारमा हुने उनले बताए । 

“प्रतिशतका आधारमा पार्टी एकता हुदैन ” उनले भने “पार्टी एकता सम्मानजनक हुन्छ । समानताको नीतिमा आधारित हुन्छ । यसबारेमा अतिरञ्जित ढंगले बुझ्न जरुरी छैन ,बाहिर चर्चामा आएजस्तो यसकै कारण पार्टी एकतामा अलमल भएको बुझ्न जरुरी छैन ।” 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.