कोरियाली शान्तिप्रति ट्रम्प आशावादी

कोरियाली शान्तिप्रति ट्रम्प आशावादी

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली शान्तिप्रति आशावादी भएको बताएका छन्। दुई कोरियाली नेताबीच भएको कुराकानीबारे खुसी व्यक्त गर्दै उनले यस्तो जानकारी दिएका हुन्।

कोरियाली नेताहरूबीचको भेटवार्तापछि दक्षिण कोरियाली नेत मुन जे इनसँग आफ्नो फोनवार्ता भएको उनले खुलासा गरेका छन्। ट्रम्पले ट्विट सन्देशमा भनेका छन्, ‘दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ। सबै कुरा राम्रोसँग अघि बढेका छन्। उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भइरहेको छ।’ उक्त वार्ताका विषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको ट्रम्पले खुलासा गरेका छन्।

शुक्रबार मुनले ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग शुक्रबार भेटवार्ता गरी स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निरस्त्रीकरण गर्ने विषयमा सहमति गरेका थिए।

चीनको प्रशंसा

कोरियाली प्रायद्वीपको स्थिति नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशंसा गरेका छन्।

उत्तर कोरियाले गत वर्ष एकपछि अर्को गर्दै आणविक हतियार तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्वमा त्रास फैलिएका बेला चीनले खेलेको पहलको ट्रम्पले खुलेर प्रशंसा गरेका हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले शान्ति स्थापना गर्न काम गरेको भन्दै ट्विट गरेका छन्, ‘मेरा असल साथी तथा चीनका राष्ट्रपति सीले खासगरी कोरियाली सीमा विवाद समाधानका लागि गरेको प्रयासलाई हामी कसैले नबिर्सौं। उहाँविना वार्ता प्रयास लामो र कठिन हुने थियो।’ चीन उत्तर कोरियाको एकमात्र प्रमुख सहयोगी हो तर प्योङयाङको आणविक हतियार परीक्षणका सन्दर्भमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीमा चीनले समर्थन जनाएको थियो। यस विषयमा चीनले उत्तर कोरियामा नाकाबन्दी घोषणा नगरेको भए कोरियाली प्रायद्वीपको समस्या समाधान उन्मुख हुने सम्भावना थिएन।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता किम जोङ उनसहित दुवै देशका नेताहरूले पानमुनजोमस्थित पिस हाउसमा शुक्रबार वार्ता गरेका थिए। दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीहरूले दिएको जानकारीअनुसार दुवै नेताले कोठाभित्र नजिकबाट औपचारिक वार्ता गरेका थिए।

वार्ताको स्वागत

दुई कोरियाका शीर्ष नेताबीच शिखर बैठक भएकोमा विभिन्न देशले स्वागत गरेका छन्। अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको शुक्रबारको भेटवार्तालाई ‘ऐतिहासिक र सुखद’ भनेको छ।

दुई देशको शिखर बैठकले जनताको शान्ति र समृद्धिका लागि भविष्यमा उपलब्धि हासिल हुने अपेक्षा अमेरिकाले गरेको छ। त्यसैगरी अस्ट्रेलियाले पनि दुई कोरियाको भेटवार्तालाई निकै सकारात्मक सन्देशका रूपमा लिएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले पनि दुई देशले आपसी समझदारीका साथ अगाडि बढ्ने वातावरण बन्ने प्रयास हुने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.