चिया बगानमा डेढ करोड लगानी

चिया बगानमा डेढ करोड लगानी

बागलुुङ : जिल्लाको ताराखोला गाउँपालिकाको अमरभूमिमा चिया खेतीका लागि एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । चिया बगानसँगै चियाको नर्सरी सञ्चालन गर्ने क्रममा एक करोडभन्दा बढी लगानी पुुगेको गोल्डेन टी—स्टेट नामक कम्पनीले जनाएको छ ।

चिया खेतीमा पूर्व ऊर्जाराज्यमन्त्री रामजीप्रसाद शर्मा, प्रदेश सांसद इन्द्रलाल सापकोटालगायत १३ जनाको संयुुक्त लगानी छ । अमरभूमिमा चिया खेतीका लागि ७५ लाख रुपैयाँभन्दा बढी खर्चेर पाँच सय रोपनी जग्गा किनिएको कम्पनीका निर्देशक निर्मल घिमिरेले बताए । ‘चियाको बगान र चियाको नर्सरी स्थापनासमेत गरेका छौं’, निर्देशक घिमिरेले भने, ‘सबै हरहिसाब गर्दा एक करोड रुपैयाँभन्दा बढीको लगानी पुुगिसकेको छ ।’

चियाको नर्सरीका लागि भने छुुट्टै एक सय २० रोपनी जग्गा भाडामा लिएको उनले बताए । चिया बगानसम्म मोटरबाटो पुु¥याउँदामात्रै ५० लाख खर्च भएको कम्पनीले जनाएको छ । ‘हामीले जहाँ चियाखेती गर्न त थाल्यौं त्यहाँ मोटरबाटो थिएन, हामीले ५० लाख खर्चेर करिब पाँच किलोमिटर मोटरबाटो खनेका छौं’, उनले थपे ।

ओसिलो र १२ देखि २९ डिग्रीसम्म तामक्रम हुुने ठाउँमा चिया खेती र नर्सरी लगाउन सकिन्छ । सकभर उत्तर फर्केको जमिन छ भने चियाका लागि उत्तम हुुने निर्देशक घिमिरेले बताए । चिया बगानमा गत वर्ष ३५ हजार बिरुवा लगाइएको र यो वर्ष २० हजार बिरुवा रोप्ने योजना छ । गत वर्ष एक लाख बिरुवाको नर्सरी गरिएकोमा यस वर्ष पाँच लाख गर्ने कम्पनीको लक्ष्य छ । ‘अघिल्लो वर्ष बाहिरबाट विरुवा ल्याएर लगाएका थियौं’, घिमिरेले, ‘यो वर्ष केही बिरुवा हामीकहाँ हुुर्केका छन् । धेरै चाहिँ बाहिरबाट ल्याउने तयारीमा छौं ।’ नर्सरीमा एउटा बिरुवा तयार हुुन ३२ महिना लाग्ने र एकैपटक दुई देखि तीन लाख बिरुवा तयार गर्ने गरी नर्सरी लगाइएको उनले बताए । चिया बगान र नर्सरीमा कामका सिजनमा एकैपटक ५०÷६० जनाले रोजगारी पाउने गरेका छन् । ‘अहिले नै अरु काम सुुरु भएको छैन, नर्सरी लगाउने, झार उखेल्ने काम हुुन् । काम हुुँदा चार दर्जनभन्दा बढीले एक साथ रोजागरी पाउने पूर्व ऊर्जाराज्यमन्त्रीसमेत रहेका कम्पनीका सञ्चालक रामजीप्रसाद शर्माले बताए । कम्पनीका निर्देशकसहित दुई जना स्थायी कर्मचारी छन् ।

ललितपुुरमा घुुम्न गएको बेला चिया बगान देखेपछि आफूलाई यहाँ पनि चिया खेती गर्ने सोच पलाएको प्रदेश सभा सदस्य रहेका अर्का सञ्चालक ईन्द्रलाल सापकोटाले बताए । ‘हामीले बाख्रापालन गर्ने भनेर अमरभूमिमा केही जमिन लिएका थियौं तर बाख्रा व्यवस्थापन राम्रो गर्न सकिएन’, सापकोटाले भने, ‘अब जग्गा के गर्ने त भन्ने समस्या भएको थियो, ललितपुुरमा घुुम्न गएको बेला चियाखेती गरेको देखेर यहाँ पनि त्यो खेती हुुनसक्छ जस्तो लाग्यो र अध्ययन सुुरु ग¥यौं ।’

राजनीति गर्ने व्यक्तिहरु अब उत्पादनसँग जोडिन जरुरी ठानेर चिया खेतीमा लागेको सापकोटा बताउँछन् । ‘हामी राजनीति गर्नेहरू नै जनताको अगुुवा हौं’, उनले भने, ‘हामीले सुुरुवात गरे अरु सर्वसाधारणले पनि सिको गर्लान् भन्ने हेतुुले नै यहाँ चियाको नर्सरी र बगान स्थापना गरेका हौं ।’ धौलागिरिको म्याग्दी, पर्वतमा पनि चिया खेती गर्न सकिने भएकाले त्यहाँ पनि विस्तार गरेर चियाको पकेट क्षेत्र स्थापनाका लागि पहल गर्ने उनले बताए ।

अमरभूमिको मेलेमा स्थापना भएको चिया नर्सरीलाई कृषि विकास मन्त्रालयको कृषि सेवा विभागले एक लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको जिल्ला कृषि विकास कार्यालय बागलुुङका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताए । ‘नर्सरीका लागि आवश्यक पर्ने पोलिब्यागलगायत सामग्रीहरू विभागले सहयोग गरेको छ’, अधिकारीले भने, ‘जिल्लामा चिया खेतीको यो पहिलो अनुुभव हो । अरु सबै काम उहाँहरूले आफ्नै लगानीमा गर्नुुभएको छ ।’ बागलुुङको सिगाना बौडेचौर, धम्जा, भीमापोखरामा पनि चिया उत्पादनका लागि उपयुुक्त भएको कृषि प्राविधिकले बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.