असिनाले गहुँबाली नष्ट

असिनाले गहुँबाली नष्ट

दैलेख : दैलेखका विभिन्न स्थानमा शुक्रबार साँझ परेको असिनापानीका कारण गहुँबाली नष्ट भएको छ । नौमुले गाउँपालिका, गुराँस गाउँपालिकाका, महावु गाउँपालिकालगायत स्थानमा भिœयाउने तयारीमा रहेको गहुँ असिनाले नष्ट गरेपछि किसान चिन्तित भएका छन् ।

भारी असिनापानीले नौमुले गाउँपालिकाको द्वारी बालुवाटार नौफेरीलगायत स्थानमा धेरैजसो किसानको गहुबालीसँगै तरकारीखेतीमा पनि क्षति पुर्‍याएको नौमुले द्वारीका कृषक जयबहादुर रोका मगरले जानकारी दिएका छन् । गहुँबालीमा क्षति पुर्‍याएपछि गाउँपालिकासँग राहत माग गर्नेे तयारी गरिएको उनले बताएका छन् ।

असिनापानीले कृषि पेसामा निर्भर यस क्षेत्रका किसानको गहुँबालीसँगै तरकारीखेतीमा क्षति पुर्‍याएपछि खाद्यान्न संकट हुने चिन्ता लागेको उनको भनाइ छ । गाउँपालिकाले तत्काल राहतका कार्यक्रम ल्याउनुपर्ने पीडित किसानले माग राखेका छन् ।

असिनापानीका कारण भएको क्षतिको विवरण ल्याउन गाउँपालिकाले खटाएपछि वडाध्यक्ष गगन रोकासहितको टोलीले विवरण संकलन सुरु गरेको छ । वडाध्यक्ष रोकाले क्षतिको विवरण संकलन सकेर गाउँपालिकाबाट पीडित किसानलाई राहत उपलब्ध गराउने जानकारी दिए । वडाध्यक्ष रोकाले आफूले गहुँबाली क्षति पुर्‍याएका केही वडामा अगुमगन गर्दा कृषकको नगदेबालीमा पूरै क्षति पुर्‍याएको भेटिएको भन्दै विवरण संकलन गरी गाउँपालिकामा पेस गरिने बताए । राहतका कार्यक्रमका लागि सर्वपक्षीय बैठकको आयोजना गरेर विभिन्न संघसंस्थासँगको साझेदारीमा पहल गर्ने अध्यक्ष रोकाले बताए ।

यस्तै असिनापानीले गहुँ, टमाटर, लसुन, प्याजलगायत नगदे बालीमा क्षति पुर्‍याएको नौमुले गाउँपालिकाको कालिकाका अध्यक्ष गजबहादुर ढेगाले जानकारी दिए । बर्सेनि बाली भिœयाउन ठिक्क परेका बेला असिनापानीले बाली नष्ट भएपछि किसान समस्यामा परेको उनले बताए ।

नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढाले पूरै वडाको क्षति लगत संकलन गर्न वडा अध्यक्षलाई निर्देशन दिएका छन् । उनले आगामी कार्यपालिकाको बैठकमा राहतका बारेमा छलफल गरिने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.