जंगली हात्तीले हैरान

जंगली हात्तीले हैरान

गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका जंगली हात्तीलाई पछिल्लो समय सम्हाल्नै मुस्किल परेको छ । जंगली हात्तीले विद्युतीय तारबार मात्र होइन, पक्की वालसमेत तोडेर बस्तीमा जाने क्रम नरोकिएपछि निकुञ्जका जंगली हात्तीलाई सम्हाल्नै मुस्किल भएको हो ।

हात्तीलाई जंगलमै सीमित गराउन धेरै उपाय अवलम्बन गरे पनि पूर्णरूपमा हात्ती जंगलमा रोक्न कठिन भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए । उनले भने, ‘हामीले खुर्सानी, तम्बाखुको खार लगाएर धपाउन सकिने हात्ती तारबारबाट पनि जंगलमै सीमित पार्न सकिएको छैन ।

हात्ती झन् पछि झन् मानवीय क्रियाकलापप्रति जानकार हुँदै गएको छ । उनले भने, ‘मध्यवर्ती क्षेत्रमा जंगली हात्तीले मानवीय तथा भौतिक क्षति नगरोस् भन्नका लागि विद्युतीय तारबार प्रयोग गरियो तर सुकेका काठ ल्याई तारमा टेकेर हात्ती गाउँ पस्न थाले । हात्ती रोक्न निकुञ्जले धेरै हतकण्डा अपनाए पनि कुनै सफल हुन सकेनन् ।

भर्खर मात्र निकुञ्जले ४३ लाख रुपैयाँ लागतमा ७ सय ५६ मिटर लम्बाइको पक्की वाल हात्तीसार क्षेत्रमा निर्माण गरेको छ । हात्तीले पक्की वाललाई समेत तोडेर गाउँ पसेको साहले बताए । उनले भने, ‘हामीले उपभोक्ता समितिमार्फत पक्की वाल बनायौं त्यो पनि हात्तीले बाँकी राखेन, भत्काएरै मध्यवर्तीमा पस्यो ।’

साहले बर्दियाको कर्णाली नदी क्षेत्र सनकट्टीघाटदेखि बाजपुरघाटसम्म एक करोड रुपैयाँभन्दा बढीको लागतमा तारबार निर्माण गरिने बताए । जसअनुसार गेरुवा गाउँपालिकाको ६० लाख र बर्दिया राष्ट्रिय निकुञ्जको ४० लाख रुपैयाँ लगानी हुने भएको हो । उनले थपे, ‘तारबार निर्माणका लागि एनटीएनसी, जेडएसएल र तालले सहयोग गर्न लागेको हो ।’

गाउँ पस्ने जंगली हात्ती रोक्न आफूले हार खाएको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले बताए । उनले भने, ‘जति प्रयास गरे पनि हात्तीलाई जंगलमै सीमित पार्न सकिएन ।’ खयरको रूख ढाल्ने हात्तीलाई सानो सिमेन्टको पर्खालले रोक्न नसकिने उनको भनाइ छ । उनले थपे, ‘बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा उपभोक्ता समितिद्वारा निर्मित पक्की वालसमेत हात्तीले भत्काएर गाउँ छिर्‍यो ।’

हात्तीलाई जंगलमै रोक्न जाली तटबन्धनबाहेक अरू कुनै विकल्प नरहेको उनले बताए । बर्दियाको गेरुवा गाउँपालिका, सूर्यपटुवाका २ वटा वार्ड, ठाकुरबाबा नगरपालिकाका ७ वटा वार्ड, करेलिया, भादा र दुद्धा क्षेत्र हात्तीको जोखिम रहेको प्रस्ट्याए । उनले पाताभारदेखि बबई उपभोक्ता समितिलगायत क्षेत्रमा जंगली हात्ती नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.