राजविराज विमानस्थल तयार, अब नियमित उडान हुने

राजविराज विमानस्थल तयार, अब नियमित उडान हुने

राजविराज : कच्ची धावनमार्गका कारण अवरुद्ध सप्तरीको राजविराज विमानस्थल उडानका लागि तयार भएको छ। पाँच दशकपछि पुनः सञ्चालनमा आउन लागेको विमानस्थलबाट आगामी २२ गते नमूना उडानको तयारी भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

पाँच दशकपछि पुनः सञ्चालनमा आउन लागेको विमानस्थलबाट आगामी २२ गते नमूना उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा उद्घाटन गरेको राजविराज विमानस्थल कच्ची धावनमार्गका कारण नियमित उडान हुन सकेको थिएन। राजविराज विमानस्थलवाट २०५२ वैशाखदेखि नियमित उडान भएको छैन।

त्यसअघि सोमबार र बिहीबार गरी हप्ताको दुई पटक काठमाडौं उडान हुँदै आएकोमा सो समेत बन्द भएपछि तत्कालीन सगरमाथा अञ्चलका नागरिक २२ वर्षदेखि विमान चढ्न विराटनगर र जनकपुर जाने गरेका छन्।

एक हजार पाँच सय मिटर लम्बाइ र ३० मिटर चौडा पक्की धावन मार्ग, ९० मिटर लम्बाई र ६० मिटर चौडा एप्रोन तथा एक सय पाँच मिटर लम्वाई र २० मिटर चौडा ट्याक्सी वे पूर्ण तयारी भएको प्राधिकरणले जानकारी दिएको छ।

रन वे, ट्याक्सी वे र एप्रोनको पिचिङ कार्य सकिएको जानकारी दिँदै प्राधिकरणका आयोजना प्रमुख रामएकबाल महतोले भने, 'टर्मिनल टावर स्थापना गर्ने, रनवेमा मार्किङ्ग गर्ने र रनवेको कोर कटिङ्गको नमूना सर्भेक्षण गर्ने काम समेत अन्तिम चरणमा पुगेकाले करिब सबै काम सकिएको छ।' 'विमान सञ्चालनका लागि तयार छौ,' उनले भने, 'श्री र बुद्ध एयरले नमूना उडान गर्ने रुचिसहितको पत्राचार गरेको छ।'

तर, रनवेको सामुन्ने रहेका करिब आधा दर्जन इँटाभट्टाका चिम्नी र ठूला रुखहरुका कारण विमान उडान र अवतरण जोखिमपूर्ण रहेको निर्माण कम्पनिका सुकबहादुर तामाङ्गले जानकारी दिए। अग्ला रुख काटन सुरु गरिएको बताउँदै तामाङ्गले चिम्नी हटाउन स्थानीय सरकार र प्रशासन स्वयं गम्भीरतापूर्वक लाग्नुपर्ने बताए।

विमानस्थल निर्माणको काम कान्छाराम, रमण र देव एण्ड शायर जेभीले भ्याट बाहेक २६ करोडमा ठेक्का लिएको थियो। कच्ची धावनमार्गका कारण नियमित विमान नचलेपछि ५७ वर्षदेखि अलपत्र अवस्थामा रहेको विमानस्थलको धावनमार्ग पक्की बनाउन २०७३ साल असोजदेखि सुरु गरिएको हो। 

राजविराज बजारबाट चार किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा (साबिक इटहरी विष्णुपुर गाविस) मा रहेको राजविराज विमानस्थलका लागि स्थानीय रुद्रनारायण सिंहले ५५ विघा जग्गा उपलब्ध गराएका थिए। राजविराज–कुनौली सडक खण्डबाट बिमानस्थलसम्म पुग्न एक हजार ५० मिटर लम्बाई रहेको भित्री सडक बनाउन एक करोड ६० लाखको टेण्डर समेत भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.