सहयोगको खोजीमा क्यान्सर पीडित

सहयोगको खोजीमा क्यान्सर पीडित

बेसीसहर : बुढेसकालको सहारा छोरा रक्त क्यान्सरबाट पीडित भएपछि लमजुङको बेसीसहर नगरपालिका–१ उदिपुरका मिलन सिलवालको परिवार चिन्तामा डुबेको छ।१८ वर्षीय छोरा गौरब रक्त क्यान्सरबाट पीडित भएपछि उपचारका लागि सहयोग गरिदिन उनले आग्रह गरेका छन् । विगत ४ महिनादेखि गौरबको काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइहरेको छ।

'छोरामा टन्सिलको समस्या देखिएपछि अस्पताल लगेँ, रगत जचाउँदा त रक्त क्यान्सर भएको थाहा भयो, सिलवालले भने, 'छोरालाई माघ १ गतेदेखि अस्पतालमै भर्ना गरेर उपचार गराइराखेको छु, हालसम्म १९ लाख खर्च भइसक्यो, अझै कत्ति खर्च लाग्ने हो, पत्तो छैन् ।'

'ऋण खोजेको रकम पनि सक्किसक्यो, आर्थिक अभावले थप उपचारमा समस्या परेको छ, उनले थपे ।६ महिना नियमित उपचार गराए सुधार हुने चिकित्सकले सल्लाह दिएका छन्। त्यसका लागि ३० देखि३५ लाख खर्च लाग्छ। उनले भने,' ऋण लिएको रकम सकिसक्यो,अब यत्रो रकम कहाँबाट जुटाउनु।'

सरकारले क्यान्सर पीडितलाई उपलब्ध गराउने १ लाख छुट् त अस्पतालबाट पाइसके, अब बाँकी रकम जोहो गर्ने उपाय नभएपछि आर्थिक सहयोगको याचना गर्नुको विकल्प नभएको उनले बताए ।  

गौरबकी आमा शुसिलाले भनिन्, 'उपचारमा ठूलो रकम लाग्ने भएपछि छोराको जीवन रक्षाको लागि सहयोगी संघसंस्था, मनकारीसँग आग्रह गरेका छौं।छोराको ज्यान बचाउन सके मेरो जीवन नै बाच्थ्यो उनले थपिन्, 'मेरो मुटुको टुक्रालाई बचाइदिनुहोला।सबैलाई विन्ती छ।'



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.