मनकामना मन्दिरमा राखियो सुनको गजुर

मनकामना मन्दिरमा राखियो सुनको गजुर

काठमाडौं: गोरखास्थित मनकामना मन्दिरमा सोमबार ३६ तोलाको सुनको गजुर राखिएको  छ । चण्डीपूर्णिमाको दिन धार्मिक विधि अनुसार पूजा गरी मन्दिरमा गजुर राखिएको हो । 

गोरखाका प्रमुख  जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, मन्दिरका मुल पुजारी इन्सान थापा, गुठीहारका थकाली होमलाल श्रेष्ठले संयुक्तरुपमा मन्दिरको ढोकामा पूजा गरेर गजुरको प्रतिस्थापन गरिएको मनकामना मन्दिर जिर्णोद्वार समितिका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए । 

मन्दिरको माथिल्लो छानामा सुनको जलप लगाएर गजुर राखिएको उनले जानकारी दिए । पृथ्वीनारायण शाहले पटक पटक कीर्तिपुरमा पराजय भोगेपछि मनकामना मन्दिरमा रानीको सुनको गहनाको गजुर बनाएर चढाउने र ४ मुरीको खेतबारी दिने भाकल गरेपछि कीर्तिपुर युद्ध जितेको विश्वास गरिन्छ । 

कीर्तिपुर जितेपछि पृथ्वीनारायण शाहले रानीको गहनाको गजुर बनाइदिएका योगी नरहरी नाथको गोर्खा वंशावलीको उल्लेख रहेको सचिव श्रेष्ठले बताए ।  पुरानै शैलीमा निर्माण भइरहेको मनकामना मन्दिरमा १८ किलो सुनको प्रयोग गरेर जिर्णोद्वार भइरहेको छ । अहिलेसम्म १६ किलो सुन खर्च भइरहेको छ । 

दशैसम्म सम्पूर्ण निर्माण पुरा गर्ने लक्ष्यका साथ मन्दिरको निर्माण कार्य भइरहेको छ । ‘दशैमा मुल मन्दिरमा पूजा गराउने लक्ष्यका साथ काम भइरहेको छ,’उनले भने । 

समितिका सचिव श्रेष्ठका अनुसार २०६७ सालमा जिर्णोद्वार समितिको गठन गरी जिर्णोद्वार प्रक्रिया सुरुवात भएको थियो । २०६८ साल चैत २२ बाट निर्माण सुरु भएको थियो । त्यही बेलादेखि काठको बुट्टा बनाउने काम थालिएको हो । 

जिर्णोद्वार समितिका सचिव श्रेष्ठका अनुसार २०७२ साल वैशाख १२ को भूकम्पपछि जेठ २५ गते गजुर खोलेर मन्दिर भत्काउन सुरु गरिएको थियो । २०७२ साल साउन ६ गते जग राखेर शिल्यान्यास थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.