र्‍याफ्टिङमा आन्तरिक पर्यटकको आकर्षण

र्‍याफ्टिङमा आन्तरिक पर्यटकको आकर्षण

पोखरा : बागलुङकी आशिका कुँवर शनिबार कालीगण्डकीमा पहिलोपटक रमाउँदै र्‍याप्टिङ गरिन् । विदेशीलेमात्र ­र्‍याफ्टिङ गरेको देखेकी उनले साथीभाइ मिलेर छुट्टीको मौकामा पहिलोपटक ­र्‍याफ्टिङ गरेको सुनाइन् ।

बागलुङकै सौरभ केसी पनि कालीगण्डकीमा शाहसिक ­र्‍याफ्टिङ खेलमा रमाइरहेका थिए । कुनै बेला विदेशी पर्यटकले मात्र खेल्ने शाहसिक ­र्‍याफ्टिङ खेलमा पछिल्लो सयमा आन्तरिक पर्यटकको पनि आकर्षण बढेको हो । सेता हिमाल हेर्दै हिमालबाटै आएको पानीमा रमाउन विदेशी पर्यटक लालायित हुन्छन् । कालीगण्डकीमा तीन दिनको ­र्‍याफ्टिङ गर्न सकिन्छ । नदी किनारमा टेन्ट गाडी आराम गर्दै पर्यटकले म्याग्दीको बेनीबाट सुरु गरेको ­र्‍याफ्टिङ तीन दिनमा गुल्मीको मिर्मीसम्म पुग्ने गर्दछन् ।

नेपालको पर्यटन भनेको शाहसिक गतिविधि हो । त्यसैले केही नदीलाई र्‍याफ्ङिकै लागि संरक्षण गर्नुपर्ने रेजिङ रिभर रनर (स्विसा) का सञ्चालक मिलन तिवारी बताउँछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकीमा एक दिन, दुई दिनको ­र्‍याफ्टिङ पनि सञ्चालनमा ल्याइएको उनले सुनाए ।

विश्वका अन्य मुलकभन्दा लामो दूरीसम्म र्‍याफ्टिङ गर्न सकिने भएका कारण जलयात्राका लागि नेपाल प्रख्यात रहेको यस क्षेत्रमा लागेको व्यवसायी बताउँछन् । त्रिशूली, भोटेकोसीलगायत चर्चित नदीमा विद्युत् उत्पादनका लागि बाँध बन्दै जानुले र्‍याफ्टङ गर्ने अवधि घट्यो । नदीमा प्रदूषण बढ्नु र अवैज्ञानिक रूपमा नदीको दोहन बढ्दै जाँदा विदेशी पर्यटक पछिल्लो समयमा कम आउन थालेको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष दीपक अधिकारीले बताए ।

नेपालको साहसिक खेल ­र्‍याफ्टिङ र पदयात्रा यात्रा एक अर्कासँग जोडिएर आउने पर्यटकको रोजाइका गतिविधि भएको उनले सुनाए । अन्नपूर्ण पदयात्रा क्षेत्रमा वैकल्पिक पदयात्रा मार्ग नबनाइ सडक लग्दा २१ दिनको पदयात्रा सात दिनमा झरे जस्तै नदीको जथाभावी दोहोन गरिदा ­र्‍याफ्टिङपर्यटन पनि समय घट्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।

नदी संरक्षण गरौं, शाहसिक खेल ­र्‍याफ्टिङ पर्यटनको विकास गरौं भन्ने नाराका साथ टान पोखराको आयोजनामा शनिबार ­र्‍याफ्टिङ खेलको आयोजना गरि मनाइएको छ । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा २५ वर्ष पुगेको अवसरमा प्राकृतिक स्रोतको संरक्षण र विकास गर्न सरकार संग माग गरिएको अधिकारीले बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.