मध्यपहाडी लोकमार्गको सडक कालोपत्रे तयारी

मध्यपहाडी लोकमार्गको सडक कालोपत्रे तयारी

बेंसीसहर : राष्ट्रिय गौरवको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा पर्ने चेपेनदी–पाउँदी खण्डमा कालोपत्रे गरिने भएको छ । पाउँदी–ठाँटीपोखरी १६ किलोमिटर सडकखण्ड कालोपत्रे गर्न ग्राभेल गरी बेस हाल्ने काम भइरहेको छ । उक्त सडकको लमजुङतर्फ साढे ९ र गोरखातर्फ साढे ६ किमि पर्छ । सडकको ७ मिटर चौडाइ कालोपत्रे गरिने भएको छ।

ग्राभेलसँगै बेस हाल्ने र कालोपत्रे गर्ने योजना रहेको सडक विभागका इन्जिनियर सन्तोष थापाले जानकारी दिए । ‘बेस बस्न थालेपछि १ साताभित्रै पिच गर्छौं’, उनले भने, ‘मौसमले साथ दिए धमाधम काम हुन्छ।’ लमजुङमा ३ वर्षयता उक्त सडकमा काम भइरहेको छ । अर्को वर्षको चैतसम्म पाउँदी–ठाँटीपोखरी खण्डमा कालोपत्रे गरिसक्ने योजना रहेको थापाले जानकारी दिए। यसका लागि ३५ करोड रुपैयाँमा ठेकेदारसँग सम्झौता भएको छ।

बज्रगुरु–द कञ्चनजंघा–शंकरमाली जेभीले १६ किमिमा काम गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि सबइन्जिनियर नेत्र श्रेष्ठका अनुसार दैनिक सयदेखि डेढ सय जना कामदार सडक निर्माणमा खटिएका छन् । उनका अनुसार ‘ग्रेड कटिङ’ गर्ने, सडकलाई फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, स्ल्याब, कल्भर्ट र पाइप कल्भर्ट राख्ने काम सकिएको छ । पुलका लागि छुट्टै टेन्डर छ । ‘अब बाँकी भाग ग्राभेल गर्ने, बेस हालेर पिच गर्ने हो । हामी तोकिएको समयमा काम सक्छौं’, उनले भने ।

लमजुङमा मात्रै ४ खण्ड गरेर मध्यपहाडी लोकमार्गको निर्माण थालिएको छ । मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख सूर्यबहादुर रानाभाटले पाँचथरको चियो भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको करिब १ हजार ७ सय ८७ किमिमध्ये लमजुङमा ४५ किलोमिटर पर्छ। धमिलिकुवाको चेपे नदीदेखि रामबजारको मादी नदीसम्मको ४५ किमिमा पाउँदी–किरिचे ८ किलोमिटर, भोर्लेटार खण्डको १ किलोमिटर, दैलेखमा १ किलोमिटरमा विवाद रहेको आयोजना प्रमुख रानाभाटले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.