देउवालाई पौडेलको प्रश्न, ‘दुई पार्टी मिलेर हार्‍यौं भन्दा लाज लाग्दैन ?’

देउवालाई पौडेलको प्रश्न, ‘दुई पार्टी मिलेर हार्‍यौं भन्दा लाज लाग्दैन ?’

कसरी काम गर्छन् हेरौंला

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सिद्धान्तले चुनाव जिते पनि पार्टीले चुनाव हारेको टिप्पणी गर्दै यसमा नेतृत्वको कमजोरी भएको बताएका छन् । 

एक सय २९ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले गृहजिल्ला तनहुँको दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरुलाई दोष दिएर नेतृत्व पन्छन नमिल्ने तर्क गरे ।

‘सिद्धान्त कांग्रेसको जित भएको छ तर चुनावमा हार भएको छ’ उनले भने, ‘दुई दल मिलेर चुनाव हारेको भन्दा लाज लाग्दैन ?’ पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोशित देखिएका पौडेलले जतिसुकै पार्टी मिल्दा पनि कांग्रेसले जित्नुपर्ने जिकिर गरे । 

चुनावमा हारको जिम्मा नेतृत्वले लिनुपर्नेमा लिखितम् गर्दा विवाद हुने भएकाले वक्तव्यमा मिलाउने समझदारी भए पनि त्यसो नभएको पौडेलले दाबी गरे । ‘लिखितम गर्दा हारेको पार्टीमा विवाद हुन्छ भनेर हामीले सभापतिको वक्तव्यमा हारको जिम्मा नेतृत्वले लिने समझदारी गरेका हौं,’ व्यंग्य गर्दै पौडेलले भने, ‘उहाँ(देउवा)ले बोल्दा मिलाउनु भनेको बिर्सनुभएछ कि ?’

विगतमा मध्यावधि निर्वाचनमा जाँदा गिरिजाप्रसादको नेतृत्वमा चुनाव हारेकाले कृष्णप्रसाद भट्टराईलाई पार्टी नेतृत्व दिइएको तर्क गर्दै उनले अहिले भने नजिर पनि नहेरिएको बताए ।

नेता पौडेलले अझै पनि कांग्रेस पहिलो पार्टी बन्न सक्ने भन्दै यसका लागि सहमतिले निर्णय गर्ने विधानको परिधिमा रहेर नेतृत्वले काम गर्नुपर्ने सुझाव दिए । ‘अहिले हामी कम्युनिस्टसँग लड्नुपरिरहेको छ,’ उनले भने, ‘विधानअनुसार पार्टीलाई चलाएर अघि बढ््ने हो भने बलियो बनाउन सकिन्छ ।’

कसरी गर्छन हेरौंला

नेता पौडेलले कांग्रेसले बनाएको पूर्वाधारकै कारण देश अहिलेको अवस्थामा रहेको भन्दै कम्युनिष्टले काम गर्न नसक्ने दाबी गरे । 

‘कम्युनिष्टहरु नारा मात्र ठूला लगाउँछन् तर काम गर्दैनन्,’ उनले भने,‘काम कसरी गर्छन् हामी पनि हेर्छाैं ।’ विगतमा पनि कांग्रेसकै नेतृत्वमा काम भए पनि ठूला नारा लगाएर अहिले सत्तामा गएका कम्युनिस्टसँग काम गर्ने क्षमता नभएको जिकिर गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.