मनकामना मन्दिरमा  सुनकाे गजुुर

मनकामना मन्दिरमा  सुनकाे गजुुर

गोरखा : मनकामना मन्दिरमा ३६ तोलाको सुुनको गजुुर प्रतिस्थापन गरिएको छ । चण्डीपूर्णिमाको दिन धार्मिक विधिअनुुसार पूजाआजा गरी सोमबार मन्दिरमा गजुुर प्रस्तिथापन गरिएको हो । गोरखाका प्रमुुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, मन्दिरका मूल पुुजारी इन्सान थापा र गुुठियारका थकाली होमलाल श्रेष्ठले संयुक्त रूपमा मन्दिरको ढोकामा पूजाआजा गरेर गजुुर प्रतिस्थापन गरेको मनकामना मन्दिर जीर्णोद्धार समितिका सचिव प्रेमकुुमार श्रेष्ठले जानकारी दिए ।

मन्दिरको माथिल्लो छानामा सुुनको जलप लगाएर गजुुर राखिएको उनले बताए । राजा पृथ्वीनारायण शाहले पटक–पटक कीर्तिपुुरमा पराजय भोगेपछि मनकामना मन्दिरमा रानीको सुुनको गहनाको गजुुर बनाएर चढाउने, ४ मुुरीको खेतबारी दिने भाकल गरे । सोही भाकलपछि कीर्तिपुुर जितेका थिए । कीर्तिपुुर जितेपछि पृथ्वीनारायण शाहले रानीको गहनाको गजुुर बनाइदिएको योगी नरहरिनाथको गोर्खा वंशावलीमा उल्लेख रहेको सचिव श्रेष्ठले बताए ।

पुुरानै शैलीमा निर्माण भइरहेको मनकामना मन्दिरमा १८ किलो सुुनको प्रयोग गरेर जीर्णोद्धार भइरहेको छ । अहिलेसम्म १६ किलो सुुन खर्च भइरहेको छ । दसैंसम्म सम्पूर्ण निर्माण पूरा गर्ने लक्ष्यसाथ मन्दिरको निर्माण कार्य भइरहेको छ । ‘दसैंमा मूल मन्दिरमा पूजा गराउने लक्ष्यसाथ काम भइरहेको उनले बताए । समितिका सचिव श्रेष्ठका अनुुसार ०६७ सालमा जीर्णोद्धार समिति गठन गरी जीर्णोद्धार प्रक्रिया सुुरु भएको थियो । ०६८ साल चैत २२ बाट निर्माण सुुरु भएको थियो । त्यहीबेलाबाट काठको बुट्टा बनाउने काम थालिएको हो । जीर्णोद्धार समितिका सचिव श्रेष्ठका अनुुसार ०७२ साल वैशाख १२ को भूकम्पपछि जेठ २५ गते मन्दिरको गजुुर खोलेर मन्दिर भत्काउन सुुरु गरिएको हो । ०७२ साल साउन ६ गते जग राखेर शिलान्यास थालिएको हो ।

गजुुर राखिसकेपछि माथिल्लो छानाको काम सकिएकाले अब तल्लो छानाको निर्माण कार्य धमाधम हुुने जीर्णाेद्धार समितिका अध्यक्ष नरेन्द्रबाबुु श्रेष्ठले बताए । मन्दिर जीर्णोद्धार तीर्थालुुको भेटी र स्वैच्छिक चन्दाबाट भइरहेको छ । अध्यक्ष श्रेष्ठका अनुुसार हालसम्म १० करोड बराबरको रकम भेटी र चन्दाबाट उठेको छ । मन्दिर निर्माणका लागि नेपाल सरकारले त ४ करोड रकम मात्रै अनुुदान सहयोग उपलब्ध गराएको छ ।

नेपालको पशुुपतिनाथपछिको सबैभन्दा बढी भक्तजन दर्शन गर्न मनकामना मन्दिर जाने गर्छन् । धार्मिक पर्यटनका लागि नेपालको प्रमुुख गन्तव्य नै बनेको छ मनकामना मन्दिर । नेपालीदेखि ठूलो संख्यामा भारतीयसमेत मनकामना दर्शनका लागि आउने मन्दिरका मूल पुुजारी इन्सान थापा बताउँछन् । मूल पुुजारी थापा भन्छन्, ‘नेपाली मात्र होइन, भारतीयका साथै विदेशीसमेत मनकामना दर्शनका लागि आउने गर्छन् ।’ मनकामना मन्दिर विशेष चाडपर्वमा मात्र होइन, हरेक दिन भीडभाड हुुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.