सहकारीमय बन्दै गाउँ

सहकारीमय बन्दै गाउँ

दिपायल : डोटीको बोगटान गाउँपालिका वडा नम्बर ५ धिर्कामाडौंमा तीन सय २४ घरधुरी छन्। प्रत्येक घरधुरीका कम्तीमा एक जना सहकारीको सेयर सदस्य बनेका छन्। घरमा महिला वा पुरुषमध्ये एक जना सहकारी सेयर सदस्य बनेकै हुन्छन्। महिला÷पुरुष मात्र नभएर बालबालिका समेत सहकारी प्रतिआकर्षित भएका छन्।

धिर्कामाडौंमा सञ्चालन भइरहेको केदारेश्वर बचत तथा ऋण सहकारी संस्थामा अहिले करिब पाँच सय सेयर सदस्य छन्। सहकारीमा नियमित सेयर सदस्यअन्तर्गत तीन सय ५६ जना र बाल बचतअन्तर्गत एक सय ३८ जना बालबालिका छन्। साविकको धिर्कामाडौं गाविसमा जम्मा तीन सय २४ घरधुरी छन्।

सहकारी सिद्धान्तअनुसार सञ्चालनमा ल्याइएको र अहिले सहकारीमा १८ लाखभन्दा बढी पुँजी रहेको केदारेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकबहादुर बोहराले बताए। २०६९ असोज १२ गते दर्ता भएको सहकारी संस्था सुरुमा झोलामा थन्किएको थियो’, अध्यक्ष बोहराले भने, ‘अहिले लाखौंको पुँजी छ।’

‘आयआर्जन तथा सीपमूलक क्षेत्रमा लगानी गरिहेका छौं’, अध्यक्ष बोहराले भने, ‘प्रत्येक घरको कम्तीमा एक जना सहकारीमा सेयर सदस्य छन्।’ ‘सहकारीमार्फत ७५ जनाले ऋण लिएर सानो–तिनो व्यवसाय सञ्चालन गरिरहेका छन्’, उनले भने, ‘सहकारीको पैसा सदुपयोग भइरहेको छ या छैन भनेर हामीले अनुगमन समितिमार्फत समय–समयमा अनुगमन समेत गर्ने गर्दछौं।’

पछिल्लो समयमा डोटीका गाउँ सहकारीमय बन्दै गएका छन्।, केही सहकारी संस्था अझै पनि थन्किएका भए पनि अधिकांश संस्था राम्रोसँग सञ्चालनमा आएका डिभिजन सहकारी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख जयराज भट्टले बताए। ‘डोटीमा मात्रै करिब दुई सयको हाराहारीमा सहकारी संस्थाहरु रहेका छन्’, भट्टले भने, ‘पछिल्लो समयमा सहकारीप्रति आकर्षण बढेको छ।’

केदारेश्वर जस्तै डोटीका अन्य स्थानमा समेत सहकारी संस्था सक्रिय रहेका छन्। डा.केआई सिंह गाउँपालिका– २ तिखात्तरमा रहेको सन्तोषी महिला बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा एक सय १० जना बालबालिका सेयर सदस्य छन्। यसैगरी वडा नम्बर ३ बासुदेवीमा रहेको गोदावरी बचत तथा ऋण सहकारी संस्थामा चार सय ६३ सेयर सदस्य छन्।

प्रायः सबै साविकका गाविसमा एउटा सहकारी संस्थाले आफ्ना गतिविधि सञ्चालनमा ल्याएका छन्। वित्तीय साक्षरता कक्षामार्फत समुदायका व्यक्तिलाई बचतका बारेमा अवगत गराउने भएकाले अहिले सहकारीमा बचत गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको गोदावरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडकसिं कुँवरले बताए।

सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीद्वारा सञ्चालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन कार्यक्रम (पहल) का वित्तीय सेवा अधिकृत कृष्णराज जोशीले आफूले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षाका कारण अधिकांश व्यक्ति बचतमा लागेका बताए। सहकारी संस्थामा आबद्ध सेयर सदस्यको क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका कक्षा समेत सञ्चालन गरिरहेको जोशीले बताए।

केदारेश्वर बचत तथा ऋण सहकारी संस्थामार्फत ऋण लिएर बाख्रापालन गरेका उदय बोहराले आफूलाई सहकारीमार्फत व्यवसाय गर्न साह्रै सहज भएको बताए। सहकारीमार्फत एक लाख रुपैयाँ ऋण लिएर बाख्रापालन व्यवसाय सुरु गरेको र अहिले करिब पाँच लाख बराबरको बाख्रा रहेका बोहराले बताए।

बालबालिका समेत आकर्षित

सहकारीप्रति डोटीमा बालबालिका समेत आकर्षित भएका छन्। आफूहरूको भविष्य सुरक्षित देखेर सहकारी संस्थामा उनीहरूको आकर्षण बढेको हो। धिर्कामाडौंमा रहेको केदारेश्वर बचत तथा ऋण सहकारी संस्थामा एक सय ३८ जना बालबालिका बाल बचतमा लागेका छन्। ‘बालबालिकाको भविश्य सुरक्षित होस् भन्ने उद्देश्यले बाल बचत योजना सुरु गरेका हौं’, केदारेश्वर सहकारी संस्थाका अध्यक्ष टेकबहादुर बोहराले भने, ‘यसले उनीहरूलाई पछि उच्च शिक्षा हाँसिल गर्न समेत सहज हुनेछ।’

यसैगरी डा.केआई सिंह गाउँपालिका– २ तिखात्तरमा रहेको सन्तोषी महिला बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा एक सय १० जना बालबालिका सेयर सदस्य छन् भने एक हजार १५ जना सेयर सदस्य छन्। सेयर सदस्यले महिनैपिच्छे बचत गरिरहेका हुन्छन्। बालबालिका महिनामा कम्तीमा ५० रुपैयाँ अथवा त्योभन्दा बढी पनि बचत गरिरहेका सन्तोषी महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गीता रावलले बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.