महोत्सवबारे विवाद हुँदा बजार बन्द

महोत्सवबारे विवाद हुँदा बजार बन्द

मुसीकोट : पश्चिम रुकुमको सदरमुकाम खलंगामा आगामी वैशाख २७ गतेदेखि जेठ ७ गतेसम्म हुने भनिएको रुकुम पर्यटन तथा सांस्कृतिक महोत्सवका आयोजक र रुकुम पश्चिमका स्थानीय व्यवसायीबीच विवाद हुँदा स्थानीय व्यवसायीले यस विषयलाई लिएर शुक्रबार बजार बन्द गरेका छन् ।

रुकुम यातायात प्रालि, युवा सञ्जाल रुकुम र ग्रान्डी इन्टरनेसनल होलिडेज प्रालिको संयुक्त आयोजनामा हुन लागेको यस महोत्सवमा आयोजकले पर्यटन तथा सांस्कृतिक महोत्सव भनेर कार्यक्रमको उद्देश्य विपरित बाहिरबाट व्यवसायी ल्याई महोत्सवस्थलमा स्टल राखेर स्थानीय व्यापार र व्यवसायीलाई हानी पु¥याउने काम गर्न लागेको भनेर रुकुम उद्योग वाणिज्य संघको अगुवाईमा महोत्सवमा व्यावसायिक स्टल राख्ने कार्यको विरुद्धमा मुसीकोट नगरपालिकामा व्यवसायीले ज्ञापनपत्र बुझाएका थिए । रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर पुनका अनुसार व्यावसायिक महोत्सव उद्योग वाणिज्य संघबाहेक अरुले आयोजना गर्न पाउँदैनन् भन्ने छ भने महोत्सव आयोजकले भने स्थानीय व्यापारीलाई पनि स्टल राख्न खुला गरिएकाले प्रतिस्पर्धामा आउन आग्रह गरिएको छ ।

स्थानीय व्यापारलाई निरुत्साहित पार्न बाहिरबाट घुम्ती व्यापारीले सस्तोमा कच्चा सामान बेच्दा स्थानीय बजारलाई घाटा हुने तर्क व्यापारीको छ । महोत्सव मूल समारोह समितिका संयोजक केशव रावलले आफूले महँगोमा बेच्न पाउनुपर्छ र अरुले यहीँ सामान सस्तोमा बेच्न पाउँदैन भन्नु व्यवसायको सिन्डिकेट हो र यसलाई जसरी पनि तोडिने बताउँछन् । ‘हामीले धेरै फाइदा खाएर बेचिरहेको सामान अरुले सस्तोमा बेच्न पाउँदैन भन्नु सिन्डिकेट नभएर के हो ? ’ संयोजक रावल भन्छन्, ‘हामी जसरी पनि महोत्सव गरेरै छाड्छौं । व्यवसायीले भने भन्दैमा महोत्सवको कुनै पनि कार्यक्रममा तलमाथि हुँदैन ।’ जम्मा ८० वटा स्टल रहेकोमा स्थानीय व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर अहिलेसम्म स्टल बुकिङ बाँकी राखिए पनि २४ गतेसम्म स्टल बुक नभए सबैका लागि बुकिङ खुला गरिने आयोजकको भनाइ छ ।

रुकुम पश्चिमको खलंगामा रहेको बराहटाकुरामा १२ दिनका लागि आयोजना हुन लागेको यो महोत्सव पहिले वैशाख २१ गते नै उद्घाटन भई जेठ १ गतेसम्म सञ्चालन हुने भनिए पनि अन्तिममा तयारी नपुगेको भन्दै एक साता पछि सारेर २७ गते उद्घाटन गर्ने बताइएको छ । उद्घाटन समारोहमा प्रमुख अथितिका रूपमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई ल्याउने आयोजकको तयारी छ । महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रमका साथसाथै स्थानीय कला, संस्कृति र व्यापार तथा उत्पादनको प्रवद्र्धन गर्दै पर्यटन विकासमा टेवा पु¥याउने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाए ।

सांस्कृतिक तथा पर्यटन महोत्सवको नाममा व्यावसायिक महोत्सव गरी स्थानीय बजारलाई घाटा पु¥याउने काम गरेको भनेर शुक्रबार विहानैदेखि दिउसो १ बजेसम्म स्थानीय व्यापारीले उद्योग वाणिज्य संघको आयोजनामा खलंगा बजार बन्द गरेका थिए । महोत्सव गर्न मुसीकोट नगरपालिकाबाट अनुमति दिएको आयोजक र रुकुम उद्योग वाणिज्य संघका बीचमा विवाद बढेपछि मुसीकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले आइतबार नगर कार्यपालिकाको बैठक बसी यस विषयमा अन्तिम निर्णय गर्ने बताए । त्यो अन्तिम निर्णय भनेको महोत्सव गर्न दिइएको अनुमति खारेज हुन सक्ने पनि उनको भनाइ थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.