याक्चना–मूलघाट व्यावसायिक र्‍याफ्टिङ

याक्चना–मूलघाट व्यावसायिक र्‍याफ्टिङ

धनकुुटा : धनकुुटा नगरपालिकाले तमोर नदीमा साहसिक खेल र्‍याफ्टिङको सुुरुवात गरेको छ । नगरपालिकाले औपचारिक रूपमा कार्यक्रमको आयोजना गर्दै धनकुुटा नगरपालिका वडा नं. ९ को याक्चनाटारदेखि वडा नं. १० को मुुलघाटसम्म छोटो दूरीको व्यावसायिक र्‍याफ्टिङ सुुरु गरेको हो । व्यावसायिक र्‍याफ्टिङको उद्घाटन उपमेयर शकुुन्तला बस्नेतले बोटमा चढेर गरेकी थिइन् । व्यावसायिक रूपमा र्‍याफ्टिङको सुुरुवात गर्न इटहरिस्थित रिभर डिप प्रालिले प्राविधिक सहयोग गरेको थियो ।

केही दिनअघि मात्रै तमोर नदीमा र्‍याफ्टिङको व्यावसायिक परीक्षण गरिएको थियो । प्रालिका सञ्चालक सुुरेश बस्नेतले छोटो दूरीमा आधा दर्जनभन्दा बढी र्‍यापिट भएका कारण यो रुट र्‍याफ्टिङका लागि प्रचुुर सम्भावना रहेको उनले बताए । ‘र्‍याफ्टिङ गर्दा एकपछि अर्को र्‍यापिट भएको देखियो । कुुनै जोखिम पनि छैन’, उनले भने, ‘नगरपालिकाले आवश्यक पूर्वाधार निर्माण गरिदिएको खण्डमा व्यावसायिक र्‍याफ्टिङको सम्भावना बढी छ ।’

र्‍याफ्टिङका लागि तमोर नदी देशकै तेस्रो उत्कृष्ट गन्तव्य भएको उनले बताए । मुुलघाटदेखि चतरासम्मको यात्रामा नभएको र्‍यापिट छोटो दूरीमा भेटिएको उनको दाबी छ । र्‍याफ्टिङको मज्जा लिन आउने आन्तरिक तथा बाह्य पर्यटकले पर्याप्त मज्जा लिन पाउने उनले बताए ।

याक्चनाटारदेखि मूलघाटसम्म करिब १६ किलोमिटरको यो यात्रा छोटो र रमाइलो हुुने विश्वास गरिएको छ । यो दूरी पार गर्न र्‍याफ्टिङबाट बढीमा एक घण्टा लाग्छ । एक घण्टाको दूरीमा आठदेखि नौवटासम्म र्‍यापिट छन् । विगत केही वर्षदेखि मूलघाटदेखि चतरासम्म र्‍याफ्टिङ सञ्चालन भइरहेको छ । धनकुुटा सदरमुुकामदेखि करिब ४५ मिनेटको सवारी यात्रापछि याक्चनाटार पुुग्न सकिन्छ ।

धनकुुटा नगरपालिकाकी उपमेयर शकुुन्तला बस्नेतले तमोर नदीमा व्यावसायिक र्‍याफ्टिङ सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण आफूले सक्दो पहल गर्ने बताइन् । याक्चनासम्म आउने बाटो कच्ची रहेका कारण ठूला गाडी आउन समस्या छ । बजेट विनियोजन गरेर सडकको स्तरोन्नति र आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने उनले बताइन् ।

नगरपालिकाले पछिल्लो समय आफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई पहिचान गर्न सम्भावना अध्ययन थालेको पर्यटन शाखा प्रमुुख विकास अधिकारीले बताए ।

पूर्वका पर्यटन व्यवसायी सुुनिल भुुसालले धनकुुटा पर्यटकीय क्षेत्रका रूपमा सम्भावना रहेको जिल्ला भएको बताए । तमोर नदीले घेरेको धनकुुटामा स्थानीय तहले लगानी गरेको खण्डमा धेरै पर्यटक आउनसक्ने उनले दाबी गरे । उनी भन्छन्, ‘हामी पर्यटक ल्याउँछौं । तर सरकारी पक्षबाट आवश्यक भौतिक पूर्वाधार निर्माण हुुन आवश्यक छ ।’ सरकारी तवरबाट भौतिक पूर्वाधार निर्माण भएको खण्डमा धनकुुटामा पर्यटक भिœयाउन कुुनै कसर बाँकी नराख्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.