लमजुङका तीन ठाउँमा शंकास्पद वस्तु : जीएमआरको कार्यालयमा प्रेसर कुकर बम

लमजुङका तीन ठाउँमा शंकास्पद वस्तु : जीएमआरको कार्यालयमा प्रेसर कुकर बम

बेसीशहर : लमजुङका तीन ठाउँमा विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–७ पाउँदीबजार, मध्यनेपाल नगरपालिका–४ दुईपिप्ले र मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङ रामबजारमा शंकास्पद वस्तु फेला परेको हो ।

शनिबार बिहानै बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन् । दमौली–भोर्लेटार सडकमा पर्ने दुइपिप्ले गेटनजिकै र बेसीसहर–डुम्रे सडकको लमजुङ प्रवेशद्वार पाउँदी गेटमा भेटिएका विष्फोटक पदार्थलाई नेपाली सेनाको डिस्पोजल टोलीले निस्कृय बनाएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पाउँदी र दुईपिप्लेमा भेटिएका शंकास्पद वस्तुको श्रीजंग गणको डिस्पोजल टोलीले निस्कृय बनाएकोे बताए ।

मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङको रामबजारस्थित माथिल्लो मस्र्याङ्दी–२ को साइड कार्यालयमा राखिएको विष्फोटक पदार्थको भने डिस्पोज भएको छैन् । भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने भनिएको ६ सय मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–२ को साइड कार्यालयमा शनिबार बिहान प्रेसरकुकरलाई बेरिएर राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

कार्यालयको कोठासँगै टाँसिने गरी उक्त वस्तु राखिएको छ । कार्यालयका सामाजिक विकास कार्यक्रम संयोजक राजन गुरुङका अनुसार बिहान १० बजेतिरमात्रै उक्त वस्तु देखिएको हो । 

प्रजिअ ढकालले जीएमआर कम्पनीको साइड कार्यालयमा राखिएको प्रेसरकुकर बमजस्तो देखिने वस्तु हटाउन सुरक्षाकर्मी खटाइसकेको बताए । खुदी र बाहुनडाँडाबाट प्रहरी साथै बाहुनडाँडा क्षेत्रमा निर्माण भइरहेको ङ्यादी हाइड्रोपावरको सुरुङ निर्माणका लागि विष्फोटक पदार्थ पड्काउँदै आएका सैनिक घटनास्थल पुगेको छ । श्रीजंग गणबाट डिस्पोजल टोली पुगेपछि मात्र सो वस्तु निस्किृय पारिने प्रजिअ ढकालले बताए ।

सो आयोजना नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको समूहले २०७१ माघ १८ गते आयोजना निर्माण गर्न नदिने भन्दै कार्यालयमा झण्डा गाडेका थिए । यसअघि विभाजन नहुँदैको नेकपा माओवादी, विभाजनपछि मोहन बैद्य नेतृत्वको माओवादी, त्यसपछि विप्लव नेतृत्वको नेकपाले सो आयोजनामा अबरोध पुर्‍याउँदै आएको छ । 

भारतीय कम्पनी जीएमआर इनर्जी प्रालिको ८२ प्रतिशत र नेपालको हिमताल हाइड्रोपावर कम्पनीको १८ प्रतिशत लगानीमा निर्माण हुने भनिएको यो आयोजनाको डीपीआर हुँदैछ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.