प्रदेशसभा लोगो सार्वजनिक : कर्मचारीलाई पनि लोगो बनाएकामा आपत्ति

प्रदेशसभा लोगो सार्वजनिक : कर्मचारीलाई पनि लोगो बनाएकामा आपत्ति

बुटवल : संसद् सुरु भएको चार महिनापछि प्रदेश ५ का सांसदले पहिचान चिह्न (लोगो) पाउने भएका छन् । प्रदेशसभा सचिवालयले सांसदका लागि प्रदेशको पहिचान झल्किने लोगो निर्माण गरेको हो । संसद् बैठकमै प्रदेशको नामकरण र लोगो निर्माणमा ढिलाइ भएको भन्दै सांसदले आपत्ति जनाउँदै आएका थिए । लोगो नहुँदा सांसदको पहिचान नभएको र अपमान बेहोर्नुपरेको सांसदको गुनासो थियो ।

प्रदेशसभा सचिवालयले खुला प्रतिस्पर्धाबाट निर्माण गरेको लोगोमा प्रदेशको पहिचान झल्केको छ । रुकुमको सिस्ने हिमालमाथि नेपालको झन्डा, लुम्बिनीको मायादेवी मन्दिर, तराईको फाँटदेखि पहाडसम्मको कृषि भूमिलाई लोगोमा अंकित गरिएको छ । धान र जौको बालाले प्रदेशको कृषिभूमिलाई देखाएको सभामुख पूर्णबहादुर घर्तीले बताए ।

‘लोगोले १२ जिल्लालाई सांस्कृतिक, आर्थिक तथा भौगोलिक रूपमा गोलबन्द गरेको छ’, उनले भने । लोगोमा रहेको शान्तिदीपले विश्वमा शान्ति र सद्भाव फैलाउने कामको संकेत गर्ने उनले बताए ।

जौैका दुई बालाले घेरिएको लोगोमा ६ वटा धानका बाला राखिएका छन् । लंैगिक समानता झल्काउने महिला र पुरुषले हात मिलाएको र पाँचकुने तारासमेत राखिएको छ । ‘ताराले प्रदेश जहिले पनि समृद्धिका लागि क्रान्तिकारी रहेको संकेत गर्छ’, सभामुख घर्तीले भने । समृद्ध र क्रान्तिकारी झल्किने लोगो दाङ तुल्सीपुरका खगेश्वर भण्डारीले निर्माण गरेका हुन् । प्रदेशसभा सचिवालयले खुला प्रतिस्पर्धाबाट लोगो निर्माण गराएको हो । प्रदेशस्थित १२ जिल्लाको संस्कृति र पहिचान झल्किने लोगो छनोट गरिएको हो ।

१२ प्रतिस्पर्धीमध्ये भण्डारीले बनाएको लोगोलाई प्रदेशसभाले मान्यता दिएको हो । प्रदेशसभाले कार्यक्रममार्फत लोगो, वेबसाइट र प्रदेशसभा नियमावलीसहितको पुस्तक विमोचन गरेको छ । लोगो निर्माणमा सात प्रदेशमध्ये पहिलो बनेको प्रदेश ५ ले वेबसाइटसमेत सुरु गरेको छ । डब्लुडब्लुडब्लुडट प्रदेशसभा पिफाइभ डट जिओभी डट एनपी नामक वेवसाइटमा प्रदेश सभाका सबै सूचना राखिने प्रदेशसभा सचिवालयका सचिव डा. मानबहादुर विकेले जानकारी दिए । लोगो निर्माण प्रतिस्पर्धामा उत्कृष्ट बनेका दाङका भण्डारीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

कर्मचारीलाई छुट्टै लोगो

संसद्का कर्मचारीलाई लोगोको पहिचान दिने चलन नभए पनि प्रदेश ५ का कर्मचारीका लागि पनि लोगो बनाइएको छ । सभामुख घर्ती, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, उद्योग, वन तथा पर्यटनमन्त्री लीला गिरी, कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री आरती पौडेल, उपसभामुख कृष्णी थारूले संयुक्त रूपमा लोगो तथा पुस्तक सार्वजनिक गरेका हुन् ।

कर्मचारीलाई पनि संसद्कै शैलीमा लोगो बनाएकोमा कतिपय सांसदले आपत्ति जनाएका छन् । ‘बैठकमा कर्मचारीलाई लागो बनाउने कुरा उठेको थिएन । कसरी र किन बनाइयो, जानकारी छैन’, प्रमुख प्रतिपक्षी दलका नेता बलदेश शर्मा पोखरेलले भने । कर्मचारीलाई लोगो बनाउने विषयमा कार्यव्यवस्था समितिमा पनि छलफल नभएको सांसदले जनाएका छन् । संसद् सचिवालयका सचिव विकेले कर्मचारीलाई पहिचान दिन लोगो बनाइएको बताए ।

सचिवालयले कर्मचारीको लोगो बनाउने व्यक्तिलाई १५ हजार रुपैयाँ पुरस्कारसमेत दिएको छ । यसअघि प्रतिस्पर्धाका लागि प्रकाशित सूचनामा पहिलो हुने लोगोलाई मात्रै २५ हजार रुपैयाँ दिने उल्लेख थियो । कर्मचारीको लोगोमा १२ वटा लालीगुराँस, सिस्ने हिमालमाथि नेपाली झन्डा, गौतम बुद्धको तस्बिर र गहुँ तथा जौका बाला राखिएको छ । सांसद तथा कर्मचारीलाई लोगो वितरण गर्न केही समय लाग्ने सचिवालयले जनाएको छ ।०००

प्रदेशसभाले प्रकाशन गरेको पुस्तक विमोजन गर्दै सभामुख तथा मन्त्रीहरु ।

प्रदेशसभाको लोगो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.