दर्शनार्थी सवार ट्रयाक्टर दुर्घटना, बालकको मृत्यु, १९ घाइते

दर्शनार्थी सवार ट्रयाक्टर दुर्घटना, बालकको मृत्यु, १९ घाइते

राजविराजः शक्तिपीठ छिन्नमस्ता दर्शन गरी सुनसरी फर्किरहेको ट्रयाक्टर सप्तरीमा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । यो दुर्घटनामा १९ जना दर्शनार्थीहरु घाइते भएका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा को.१त ७९७१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा सुनसरी इनरुवा नपा–३ बबिया बस्ने रमेश शर्माको आठ वर्षीय छोरा अविनाश शर्माको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

यसैगरी २० वर्षीया मनीषा शर्मा, ३० वर्षीया कमलीदेवी शर्मा, आठ वर्षीय सागर शर्मा र सोही उमेरका शक्ति शर्मा घाइते भएका छन् । 

दुर्घटनामा ६० वर्षीय बलदेब मण्डल खत्वे, ३५ वर्षीया लक्ष्मी खत्वे, ४७ वर्षीया मालती खत्वे, ४० वर्षीया कुमारी खत्वे, ३८ वर्षीया जमुनीदेबी खत्वे, ३८ वर्षीया चनसरी खत्वे, ४० वर्षीया ललीता खत्वे, ३० वर्षीया फुलकुमारी खत्वे घाइते भएका छन् । 

ललिता र फूलकुमारीको स्थानीय भारदहस्थित मेडिकलमा र अन्यको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको छ ।

यस्तै घाइते भएका ट्रयाक्टर चालक इनरुवा– ९ का ३० वर्षीय विशेश्वर खत्वेसहित नौजनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको एसपी मुकेशकुमार सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.