लागू औषध चरेससहित दुईजना पक्राउ

लागू औषध चरेससहित दुईजना पक्राउ

बैतडी : प्रहरीले लागू औषध चरेससहित दुईजनालाई बैतडीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ बल्तडीका २५  वर्षीय नवीन भण्डारी र दशरथचन्द नगरपालिका १० आदरपिण्णाका गणेशदत्त भट्ट रहेका छन् ।

भण्डारीलाई शंकाको आधारमा खानतलासी गर्दा उनको झोलाबाट ५२ ग्राम लागु औषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

भण्डारीलाई सोधपुछ गर्दा स्थानीय व्यापारी  भट्टको पसलबाट किनेको बताएपछि भट्टको पसलमा समेत ३ सय ५५ ग्राम चरेश फेला परेको उनले बताए । दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.