प्रहरीमा जागिर लगाइदिने प्रलोभन दिँदै  ठगी गर्ने पक्राउ

प्रहरीमा जागिर लगाइदिने प्रलोभन दिँदै  ठगी गर्ने पक्राउ

सुर्खेतः प्रहरीमा जागिर  लगाइदिने प्रलोभन दिँदै  रकम असुली गर्ने  एक जना पक्राउ परेका छन् ।  दाङ तुलसीसपुर उपमहानगरपालिका – ५ का ५१ वर्षीय पशुपति खत्रीले  जागिरको प्रलोभन देखाउँदै ठगेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता शंकर श्रेष्ठले जानकारी दिए  ।

 खत्रीले आफ्नो सिधै प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृतहरुसँग चिनजान रहेको र सोही आधारमा कुनै पनि प्रक्रिया बिना नै जागिर लगाउने प्रलोभन दिलाएर चार जनाबाट अग्रिम २५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।खत्रीले २०७५ जेठ महिनाको पहिलो हप्ताभित्र प्रहरीमा भर्ना गरी तालिम समावेस गराउने गरी नेपाल प्रहरीमा भर्ना गर्दिन्छु भन्दै जिल्ला सुर्खेतका तीन र दैलेखका एकजनाबाट रकम  असुलेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

पञ्चपुरी नगरपालिका–२ का २०  वर्षीय धनबहादुर माँझी, प्रकाश भण्डारी, दैलेख दुल्लु नगरपालिका–१०, गमौडीका २० वर्षीया सुमनकुमारी शाही र जिल्ला सुर्खेत लेकबेसी – ३  का २० वर्षीया  कृष्टी रोकायाबाट पेश्की स्वरुप २५ हजार र पछि भर्ना भइसकेपछि दुईलाख ७५ हजार प्रति व्यक्ति दिनु पर्दछ भन्दै बार्गेनिङ्ग गरिरहेको भन्ने सूचनाका आधारमा वीरेन्द्रनगरको पूजा लोकप्रिय होटलबाट उनलाई पक्राउ गरिएको हो ।

 होटलमा  गएर खोजतलास गर्दा पशुपती खत्रीसहित अन्य चार जना व्यक्तिलाई सोधपुछकालागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । सोधपुछ क्रममा खत्रीद्वारा चारजनाबाट रकम लिएर जागिर लगाइदिन्छु भन्दै रकमको बार्गेनिङ्ग गरिरहेको खुलेको उनले बताए ।

चारै जनाबाट शैक्षिक प्रमाण पत्र, फोटो र प्रतिव्यक्ति २५ हजार लिन लागेको भन्ने कुरा खुलेकोले ठगीविरुद्ध खत्रीलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी श्रेष्ठले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.