मंगलबार नेपालगन्जमा वर्षकै सर्वाधिक गर्मी

मंगलबार नेपालगन्जमा वर्षकै सर्वाधिक गर्मी

नेपालगन्ज : बाँकेमा सोमबार यो वर्षकै उच्चतम् तापक्रम मापन गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागको हावापानी फिल्ड कार्यालय राँझाका अनुसार सर्वाधिक ४० दशमलव ३ डिग्री सेल्सियस थियो । जुन अघिल्लो वर्षभन्दा झण्डै ५ डिग्री सेल्सियसले तापक्रम बढी भएको हो ।

२४ वैशाख २०७४ मा ३४ दशमलव ३ डिग्री सेल्सियस मात्र तापक्रम थियो ।मंगलबार पौने तीन बजेको रेकर्ड अनुसार ३९ दशमलव ३ डिग्री सेल्सियस तापक्रम थियो । जुन गत वर्षको आजैका दिनभन्दा कम तापक्रम हो । २०७४ वैशाख २५ मा ३९ दशमलव ८ डिग्री सेल्सियस तापक्रम थियो ।

विगत चार दिनयता बाँकेमा गर्मी बढ्दो क्रममा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौंका मौसमविद् वरुण पौडेलका अनुसार बुधबार पश्चिम नेपालका पहाडी जिल्लामा भने मौसम बदलि भइ पानी पर्ने सम्भावना छ ।

उनले अन्नपूर्णसँग भने, ‘तराईका जिल्लामा भन्दा पनि सुर्खेत, जुम्ला, हुम्ला, डोल्पा लगायतका क्षेत्रमा दिउँसो पानी पर्नेछ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.