सप्तरीमा हावाहुरी र असिनापानी : करोडौंको क्षति

सप्तरीमा हावाहुरी र असिनापानी :  करोडौंको क्षति

राजविराज :  हावाहुरीसहित बुधबार विहान आएको असिनापानीले सप्तरीको विभिन्न ठाउँमा आँप, लिच्ची र तरकारी बालीमा क्षति पुगेको छ ।हावाहुरीसँगै आएको असिनापानीका कारण सप्तरीमा मात्र एक करोड मूल्य बराबरको तरकारी, आँप र लिच्चीमा क्षति पुगेको जिल्ला कृषी कार्यालयको प्रारम्भिक अनुमान छ । असिना र हुरीले आँपका चिचिला झारेर ठूलो क्षति पुर्‍याएको कृषि विकास कार्यालयका प्रमुख भागिरथ यादवले बताएका छन्  ।

जिल्ला प्रहरी कार्यालका प्रमुख  प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार रुपनी गाउँपालिका १ की सावित्रीदेबी यादवको घरको टिनको छाना उडाएर उनी घाइते भएकी छिन् । खुट्टामा चोट लागेर घाइते भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छोरा दिनेश यादवले बताए ।

 यसैगरी सप्तकोशी नगरपालिका ८ स्थित पुष्पाञ्जली बोर्डिङ्ग स्कुलको छाना उडाएको छ । बाँसको टाँटीको बेरा र टिनको छानो भएको बिद्यालयको ११ वटा कक्षा कोठाको छाना उडाउँदा  सात लाख मूल्य बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तकोशी नगरपालिका ९ का सुर्यनारायण यादवको कुखुरासहितको फर्म उडाउँदा चार सय चल्लाको मृत्यु भएको यादवले इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । फर्म र चल्लाको क्षतिले तीन लाख मूल्य बराबरको नोक्सान भएको यादवले बताए ।हावाहुरीलेले सडका किनारका रुखहरु ढलेर सडक अवरुद्ध बनाएको  तथा  फुस र टिनको छानो भएका घरहरु उडाएको स्थानीयले बताएका छन् ।

अवरुद्ध पूर्व–पश्चिम राजमार्गमा ढलेका रुखहरु हटाएर प्रहरीले यातायात सुचारु गराएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १० स्थित राजविराज–हनुमाननगर सडक खण्डमा राजविराजबाट हनुमाननगरतर्फ जाँदै गरेको स.७ प १२९६ नम्बरको मोटरसाइकल हावाहुरीका कारण अनियन्त्रित भई साइकल यात्रीलाई ठक्कर दिएको छ ।

ठक्करले हनुमाननगरतर्फ जाँदै गरेको साइकल यात्री तिलाठी कोइलाडी गाउँपालिका ५का  उमाशंकर साहको छोरा १२ वर्षीय रामकुमार साह घाइते भएका छन् । सप्तकोशी बोर्डि्ग स्कुलमा अध्ययनरत साहको टाउको र हातमा गम्भिर चोट लागेको छ । उनलाई उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय हनुमाननगरले मोटरसाइकल नियन्त्रणमा लिएको र फरार चालक हनुमाननगर कंकालिनी नगरपालिका १० का १९ वर्षीय अनील मण्डलको खोजी गरिरहेको जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.