अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

 प्योङयाङ : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ एक्कासि बुधबार उत्तर कोरिया आइपुगेका छन्। उनी उत्तर कोरियाली राजधानी प्योङयाङ अवतरण गर्दा विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जुनमा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको बेला विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया आइपुगेका हुन्।

उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेका बेला विदेशमन्त्री पोम्पेओको उत्तर कोरिया भ्रमणलाई अर्थपूर्ण मानिएको छ।उनले यी दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ।

यसैगरी उत्तर कोरियाली नेता किम जोङ उनले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। अमेरिका र उत्तर कोरियाबीच तय उच्चस्तरीय बैठक हुनुपूर्व नेता किम र सीबीच छलफल भएको अनुमान छ। नेता किम दुई महिनाअघि पनि चीन गएका थिए। यसअघिको भेटपछि नै उत्तर कोरियाली नेता उन परमाणु निरस्त्रीकरणका लागि प्रतिबद्ध रहेको आफूले पाएको चीनले बताउँदै आएको थियो। गत अप्रिल २७ मा भएको ऐतिहासिक वार्तापछि दुई कोरियाबीचको परमाणुसम्बन्धी सकारात्मक प्रगति भएको छ।

तीन अमेरिकी रिहा

उत्तर कोरियाको थुनामा रहेका तीन अमेरिकी नागरिक बुधबार रिहा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्विट गर्दै तीन अमेरिकी रिहा भएको जानकारी दिएका छन्। अमेरिकी विदेशमन्त्री पोम्पेओसँगै उनीहरू अमेरिका फर्कने उनले स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘उत्तर कोरियामा कैदी जीवन बिताइरहेका अमेरिकी विदेशमन्त्रीसँग फर्कंदै छन्। यो खबर म तपाईंहरूलाई दिन पाउँदा खुसी छु। उनीहरू स्वस्थ छन्।’ यतिखेर अमेरिकी सञ्चारमाध्यमले उनीहरू को हुन् भनेर खोजीका समाचार प्रकाशन र प्रशारण भइरहेका छन्।

उत्तर कोरिया र अमेरिकाले नै दुवैतर्फका नागरिकलाई दुवै देशको भ्रमणमा रोक लगाउने गरेका छन्। तैपनि वार्षिक ठूलो संख्याका अमेरिकी नागरिक उत्तर कोरिया पुग्ने गरेका छन्। तीमध्ये शंकास्पद अमेरिकीलाई उत्तर कोरियाली सरकारले जासुसी गरेको आरोपमा नियन्त्रणमा लिने गरेको छ। उनीहरूलाई देश निकाला नगरी उसले जेलमै राख्ने गरेको छ। गत साता मात्र पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली जेलमा रहेका अमेरिकी नागरिकलाई तत्कालै रिहा गर्न आग्रह गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुनमा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको छ। त्यसकै तयारीका लागि कैदीलाई रिहा गर्न उनले माग गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.