ग्रामीण महिलामा कम्प्युटर आकर्षण

ग्रामीण महिलामा कम्प्युटर आकर्षण

 बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिका–३       श्रीकोटकी सीता बिष्ट कम्प्युटर कस्तो होला भनेर सोच्थिन् । तर, अचेल आफ्नै हातले कम्प्युटर चलाउन पाएपछि उनी निकै खुसी भएकी छन् । ‘कम्प्युटरमा कसरी काम गर्छन् होला भन्ने सोच्थेँ । तर, आफैंले कम्प्युटर चलाउन पाउँदा निकै खुसी लागेको छ ।’ उनले भनिन्, ‘गाउँमै कम्प्युटरमा शिक्षा पाएपछि हामी ग्रामीण क्षेत्रका महिलाले पनि कम्प्युटर सिक्न पाएका छौं । यसको उपयोगिताबारे थाहा पायौं ।’

दोगडाकेदार गाउँपालिका–३ कै पार्वती महर कक्षा १२ पास गरेर घरमै बसेकी थिइन् । घरधन्दा चलाइरहेकी उनी गाउँमै कम्प्युटर पनि सिक्न थालेकी छन् । ‘बाहिर गएर कम्प्युटर सिक्न सक्ने अवस्था थिएन । हाम्रा आमाबुबाले त कम्प्युटर कस्तो हुन्छ भन्ने समेत देखेका थिएनन् । हामीलाई पनि त्यसतै थियो । तर, गाउँमै कम्प्युटर कक्षा चलेपछि मजस्ता ग्रामीण क्षेत्रका महिलालाई सजिलो भएको छ ।’ उनले भनिन्, ‘गाउँमै कम्प्युटर सिक्न पाएपछि निकै खुसी लागेको छ । कम्प्युटर सिकेपछि गाउँमै केही रोजगारी पनि पाइएला भन्ने आशा छ ।’

महिला बालबालिका मन्त्रालयको सहयोगमा वातावरण संरक्षण तथा सामुदायिक विकास संघले कम्प्युटर तालिम सञ्चालन गरेपछि दोगडाकेदार गाउँपालिकाका २ वडाका २३ महिलाले कम्प्युटर सिकिरहेका छन् ।

ग्रामीण क्षेत्रका महिलाको कम्प्युटर शिक्षामा पहुँच पु¥याउन गाउँमै तालिम सञ्चालन गरिएको वातावरण संरक्षण तथा सामुदायिक विकास संघका अध्यक्ष घनश्याम भट्टले बताए ।

गाउँमै कम्प्युटर सिक्न पाएपछि आफूहरूलाई खुसी लागेको दोगडाकेदार गाउँपालिका–७ की सरस्वती कार्कीले बताइन् ।

गाउँमा कम्प्युटर तालिम सञ्चालन भएपछि ग्रामीण महिलाको आकर्षण बढेको प्रशिक्षक दीपेन्द्र कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.