‘एक घर एक रोजगार’का लागि स्वयंसेवक परिचालन

‘एक घर एक रोजगार’का लागि स्वयंसेवक परिचालन

कुुस्मा : पर्वतमा नेपालकै नमुुनाका रूपमा ‘एक घर एक रोजगार’कार्यक्रमअन्तर्गत स्वयंसेवक परिचालन कार्यक्रम सुुरु भएको छ। पर्वतको महाशिला गाउँपालिकाले साढे तीन सयभन्दा बढी स्वयंसेवकलाई औपचारिक रूपमा गाउँको विकासका लागि परिचालन गरेको हो। गाउँका बेरोजगार युुवालाई स्थानीय स्तरमै स्वरोजगार उपलब्ध गराउने र गाउँको समग्र विकासमा टेवा पुु¥याउने उद्देश्यले यो योजना ल्याइएको हो।

स्वयंसेवक परिचालन कार्यक्रमको प्रदेश ४ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा शुुभारम्भ गरेका हुुन्। कार्यक्रममा मन्त्री लम्सालले प्रत्येक स्थानीय तहले यस्ता रचनात्मक कार्यक्रम सुुरु गर्ने हो भने रोजगारीका लागि विदेश जानुु नपर्ने दाबी गरे। नेपालमै सम्भावना र अवसर रहेको बताउँदै विदेश जाने मानसिकताबाट मुुक्त हुुन युुवालाई आग्रह पनि गरे। प्रदेश ४ मा सम्भावना नै सम्भावना भएको दाबी गर्दै सरकारले पाँच वर्षभित्र समृद्ध प्रदेश बनाउने गरी नीति तथा कार्यक्रम अघि सारेको बताए। मुुलुुकमा स्थायी सरकार आएकाले अब मुुलुुकले विकासमा फड्को मार्ने बताए।

गाउँपालिकाले स्थानीय स्तरमा बेरोजगारलाई रोजगार दिन यो योजना कार्यान्वयन गरेको जनाएको छ। गाउँपालिकाका ६ वटै वडाका १८ देखि ५५ वर्ष उमेर समूहका सबैलाई कार्यक्रममा समावेश गरेको छ। पहिलो चरणमा ६ सय युुवालाई स्वयंसेवी नियुुक्त गर्ने तयारी गरे पनि तीन सय ५७ युुवाले रोजगारीका लागि आवेदन दिएका थिए। उनीहरूलाई मासिक ६ हजार रुपैयाँ तलब दिएर नियुुक्त गर्न लागिएको छ। उनीहरूलाई सिकर्मी, डकर्मी, मिस्त्री, प्लम्बिङ, पाइपलाइन, बाटो मर्मत, स्वास्थ्य, खेलकुुद, एकेडेमी, नाच, गायन, नाटक, होटल व्यवस्थापन, शिक्षा, कृषि, परम्परागत बास र काठका सामग्री बनाउने तालिम दिइनेछ। तीन महिनासम्म तालिम दिएपछि काममा परिचालन गरिने गाउँपालिकाका अध्यक्ष राज पौडेलले जानकारी दिए।

गाउँपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, सडक, हाउजिङजस्ता क्षेत्रमा युुवालाई परिचालन गर्ने योजनाअनुुसार स्थानीय स्तरमा रोजगारी दिने कार्यक्रम ल्याएको जनाइएको छ। त्यस्तै, महाशिला गाउँपालिकाभित्रका ६ वटै वडाका जनप्रतिनिधिलाई पनि अनिवार्य रूपमा श्रममा लगाउने तयारी पनि भएको छ। कार्यक्रमका लागि पहिलो चरणमा ९३ लाख रुपैयाँ खर्चिने भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.