आँधी खोलामा विषादी फ्याक्ने एग्रोफर्ममा बम विस्फोट

आँधी खोलामा विषादी फ्याक्ने एग्रोफर्ममा बम विस्फोट

वालिङ, स्याङ्जा: भिरकोट नगरपालिका-७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफर्ममा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ । 

दैनिक डेढ लाखभन्दा बढी अण्डा उत्पादन गर्दै आएको खिलुङ कालिका एग्रोफर्ममा मध्यरातको समयमा विस्फोट भएको हो । तर यो फर्ममा कसले किन विस्फोट गराएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

विस्फोटबाट फर्ममा रहेको जेनेरेटर तथा जेनेरेटर राख्नका लागि बनाइएको टहरामा क्षति भएको छ । एग्रोफर्मका १०-१२ जना कामदारले विस्फोट भएपछि मात्रै थाहा भएको बताएका छन् । 

नजिकै मकैबारीबाट आएर फर्मलाई लक्षित गरी विस्फोट गराइएको हो । विस्फोट भएको ठाउँमा फलामका टुक्राहरु देखिएकाले कस्तो प्रकारको बम हो भन्ने यकिन हुन नसकेको प्रहरीले बताएको छ । 

केही दिनअघि मात्रै खिलुङ कालिका एग्रोफर्मले गल्याङ नगरपालिका–७ मा सुली डम्पिङ गरेको स्थलबाट विषादी आँधीखोलामा फाल्दा आँधीखोलामा रहेका माछालगायत अन्य जलचर प्राणीको विनाश भएको थियो । 

विनाशपछि गल्याङ तथा आसपासका प्रभावित क्षेत्रका बासिन्दाले वातावरणीय क्षेत्रमा गम्भीर खेलबाड गरेको भन्दै आक्रोशित भई कडा कारबाहीको माग गरेका थिए । रासस

सम्बन्धित समाचार: आँधीखोलाका जलचर सखाप


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.