मुक्तिनाथ सेताम्य, माइनस तापक्रममा मोदीको स्वागत ! (फोटो फिचर)

मुक्तिनाथ सेताम्य, माइनस तापक्रममा मोदीको स्वागत ! (फोटो फिचर)

मुक्तिनाथः विहीबार बिहान ९ बजे मुक्तिनाथमा एक फिट हिउँ जमेको थियो । त्यतिबेला त्यहाँको तापक्रम माइनस २ डिग्री थियो । 

बिहानैबाट हेलिप्याड र स्वागत गेट निर्माण गर्ने भनिए पनि दिउँसो १ बजे मात्रै काम सुरु हुन सक्यो । बेमौसमी हिमपातका कारण चिसोकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको स्वागतको तयारी अघि बढेको छ । 

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारसम्म ६ वटा हेलिप्याड र ६ वटा स्वागत गेट निर्माण गर्ने तयारी भएपनि हिमपात र चिसोले सोचे जस्तो काम हुन नसकेको बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । 

गाउँपालिकाको अगुवाईमा स्थानीय भौतिक संरचना निर्माण जनप्रिय युवा क्लबले गरिरहेको छ । ‘बिहान ११ बजेसम्म यहाँ मान्छे हिड्डुल गर्न सक्ने अवस्था थिएन्, त्यसैले गेट निर्माणको काम निकै ढिला भयो’, उनले भने, ‘मौसमले साथ दिइरहेको छैन ।’ 

बिजुली र फोन ठप्प

हेलिप्याडको रेखांकन र स्थान छनौटका लागि आएका सुरक्षा निकायको हेलिकोप्टरहरु अवतरण गर्न नसकेर पटक–पटक जोमसोम फर्केका थिए । हिमपातका कारण मुक्तिनाथ र कागबेनी क्षेत्रका ६ वटा विजुलीका खम्बा ढलेपछि मुक्तिनाथमा विद्युत् र सञ्चार सम्पर्कबिच्छेदको अवस्था छ ।

इन्टरनेट र सञ्चार सम्पर्क नहुँदा जिल्ला, प्रदेश र केन्द्रसँग समन्वय गर्न समस्या उत्पन्न भइरहेको छ । प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल र जिल्लास्तरीय स्वागत समितिका संयोजक एवम् जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्यामो गुरुङको निर्देशनमा ढलेको खम्बाहरु जडान भएपनि सञ्चार सम्पर्क भरपर्दो छैन ।

मुक्तिनाथमा पर्यटन व्यवसायी सुरज गुरुङका अनुसार वैशाख अन्तिम साता हिमपात भएको यो नै पहिलो पटक हो । ‘मैले थाहा पाएसम्म र जानकारी भएसम्म यस्तो कहिल्यै भएको थिएन्, यति बाक्लो हिउँ त पुस÷माघ पनि भएको थिएन’, उनले भने, ‘हिउँले विद्युत र सञ्चारका तारहरु अबरुद्ध बनायो, जसले यहाँको तयारीलाई अस्तव्यस्त बनाइदिएको छ ।’ 

हिमपातले मुक्तिनाथसँगै झारकोट र खिँगा गाउँ सेताम्मे भएको थियो । जिसस प्रमुख गुरुङले प्रतिकुल मौसमका बीच स्वागतका लागि आश्यक तयारी गर्नुको विकल्प नभएको बताइन् । ‘सबै खाले विकल्पहरु प्रयोग गर्दै हामीले गेट र हेलिप्याडहरु बनाउनेछौँ, हेलिप्याडका लागि सुरक्षा निकायहरु खटेका छन् भने स्वागत गेटका लागि स्थानीय युवाहरु’, उनले भनिन् । 

वैशाख २९ गते बिहान हेलिकोप्टरबाट मुक्तिनाथ प्रवेशद्धार नजिकै निर्माण गरिने हेलिप्याडमा अवतरण गरेपछि मोदी पैदल मुक्तिनाथ मन्दिर पुग्नेछन् । त्यहाँ उनलाई मन्दिरका बटुकहरु सम्मान दिनेछ । इतिहासमै पहिलोपटक मोदीलाई मुल मण्डपमै राखेर पुजाअर्चनाको सुविधा दिइनेछ । 

भरपर्दो सुरक्षा

प्रमुख जिल्ला अधिकारी पौडेलले सुरक्षा निकायसँगको समन्वयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । ‘नेपाल र भारतका सुरक्षा अधिकारीसँगको समन्वयमा चुस्त सुरक्षा प्रबन्ध मिलाएका छौँ, उहाँलाई सुरक्षित रुपमा मुक्तिनाथ दर्जन र पुजनको व्यवस्था मिलाउनेछौँ’, उनले भने । 

बन्द छोटियो 

प्रशासनले वैशाख २४ गते सूचना जारी गर्दै २८ र २९ गते बेनी–जोमसोम सडक, मुस्ताङ र मनाङको सीमाना थोराङला पास बन्द गर्ने बताइए पनि सर्वत्र विरोध भएपछि २८ गते साँझ ४ बजेदेखि मुक्तिनाथ क्षेत्रमा मात्रै बन्द गर्ने निर्णय गरेको छ । 

‘२९ गते उहाँले पुजापाठ गर्ने समयसम्म हामीले प्रवेश निषेध गरेका छौँ, अरु समय खुल्ला सबै खुल्ला हुनेछ’, उनले भने । मोदीको भ्रमणलाई मध्यनजर गर्दै म्याग्दीको सीमाना घासामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

निगरानी बढाइयो

मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रका होटलहरुमा व्यापक निगरानी बढाइएको छ । चोक–चोकमा सुरक्षाकर्मी तैनाथी गरिएको छ । मोदीको विशेष पुजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अति विशिष्ट कक्ष तयार, १०८ धारा, हेलिप्याड निर्माण र शौचालयको सरसफाई गरिएको छ । 

मुक्तिनाथका मुख्य पुजारी कृष्ण् प्रसाद सुवेदीले धार्मिक पर्यटन प्रर्बद्धन हुने भएकाले मोदीलाई मुल मण्डपमै पुजा अर्चनाको व्यवस्था गरिएको जानकारी दिए । 

‘अहिलेसम्म हामीले कसैलाई पनि त्यस्तो सुविधा दिएका थिएनौँ, उहाँ मुक्तिनाथ दर्शन गर्ने अहिलेसम्मकै उच्च विदेशी पाहुना समेत हुनुहुन्छ’, उनले भने । 

मोदीकै भ्रमणका लागि मिनी आईसीयु कक्ष पनि स्थापना गरिएको छ । त्यहाँ नेपाली र भारतीय विशेषज्ञ स्वास्थ्यकर्मी रहनेछन् । २८ गते मुक्तिनाथका होटलहरु बन्द गरिनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.