खानेपानी माग पूरा गर्न नयाँ आयोजना

खानेपानी माग पूरा गर्न नयाँ आयोजना

डडेलधुरा : सदरमुकाम अमरगढीमा रहेको खानेपानीको समस्या समधानका लागि साना सहरी खानेपानी योजनाले ३० करोडभन्दा बढीको लगानीमा खानेपानी योजना निर्माण सुरु गरेको छ । जिल्ला सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलंगा खानेपानीबाट वितरण भइरहेको पानी अपुग भएकाले समस्या हुन थालेपछि साना सहरी खानेपानी योजनाको काम सुरु गरिएको हो ।

नयाँ बन्ने योजनामा कम्तीमा १३ सय धाराबाट पानी वितरण गर्न सदरमुकाममा साना सहरी खानेपानी योजनाको काम थालिएको हो । पुरानो खानेपानीले अहिलेको जनसंख्यालाई पानी अपुग भएपश्चात् विकल्पको खोजी गरिएको खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव देवकी भट्टले जानकारी दिइन् । अब बन्ने योजना ३० करोड ६२ लाखको लागतमा निर्माण भइरहेको साना सहरी खानेपानी योजनाले जनाएको छ ।

१३ सय धारामा खानेपानी वितरण गर्ने योजना भए पनि उक्त योजनाबाट बढ्दो जनघनत्वलाई हेरी कम्तीमा १५ सयसम्म धारा थप्न सकिने खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । नगरपालिकासँगको सहकार्यमा खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गरेको सर्वेका आधारमा खलंगा, बागबजार, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा १३ सय धारा आवश्यक पर्ने तथ्यांकले देखाएको छ ।

निमार्ण कार्य सुरु भएको १८ महिनामै काम सम्पन्न गर्ने गरी साना सहरी खानेपानी योजना निर्माण गरिन लागिएको हो ।

खानेपानी योजनाको मुहान सदरमुकाम खलंगाबाट १९ किलोमिटर पाँच सय मिटर टाढा अमरगढी २ मा रहेको छ । अमरगढी २ को मतरे, लामासैन र अनारबे भन्ने खोलाको मूलबाट पानी संकलन गरी योजना निर्माण भइरहेको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता सचिव भट्टले जानकारी दिइन् ।

सदरमुकाम क्षेत्रको खलंगा, बागबजार, कीर्तिपुर, तुफानडाँडा क्षेत्रमा १३ सय घरधुरीले गर्मीयाममा मुहानमा पानीको मात्रा घट्दै जाने भएकाले खानेपानी अभाव सहँदै आएका छन् । सदुरमुकाममा पानीको आपूर्ति सहज भएपश्चात् जनसंख्या थपिने आयोजनाले जनाएको छ । सुक्खायाममा खानेपानी समस्या भोग्दै आएका स्थानीयले सहजै पानी उपभोग गर्न पाउने योजना निर्माण कम्पनीले जनाएको छ ।

सर्वेमा मात्र दुई महिना खर्चेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनले अहिले इन्टेक निर्माणका लागि आवश्यक सामग्री जुटाइरहेको छ । खानेपानी वितरण केन्द्र खलंगामा ट्यांकी निर्माणको कार्य पनि जारी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.