बाथरुममा लडेर प्रदेश ४ का सभामुख गम्भीर विरामी
पोखराः चार नम्बर प्रदेशको प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी शुक्रबार बाथरुममा लडेर गम्भीर विरामी परेका छन् । बाथरुममा लडेका उनको टाउकोमा लागेर गम्भीर चोट लागेको छ ।
आफ्नै निवासको बाथरुममा उनी लडेको थाहा हुनासाथ सहयोगीले उनलाई नजिकैको फेवासिटी अस्पताल लगेका थिए । फेवासिटीले मणिपाल शिक्षण अस्पताल लैजान सिफारिस गरेपछि लगत्तै त्यहाँ लगेर सघन उपचार कक्षमा भर्ना गरिएको छ ।
जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार मणिपालका डक्टरहरुले काठमाडौं लैजान सिफारिस गरेका छन् ।
तर हेलिकोप्टर उपलब्ध नहुँदा पोखरामै राखिएको छ । अधिकारीलाई शनिबार बिहानै लग्ने तयारी गरिएको उनले बताए । सभामुख अधिकारीको टाउकोमा रगत जमेको जानकारी डक्टरले दिएको संयोजक अधिकारीले सुनाए ।