मुक्तिनाथमा पूजा गर्दै भारतीय प्रधानमन्त्री मोदी

मुक्तिनाथमा पूजा गर्दै भारतीय प्रधानमन्त्री मोदी

जोमसोम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिरमा शनिबार बिहानै पूजा गरेका छन् ।  मोदीको स्वागतमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबका पदाधिकारीले मोदी अवतरण गर्ने हेलिप्याडदेखि मन्दिर प्रवेशद्वारसम्म ६ वटा गेट निर्माण गरेको छ । गेटमा स्थानीय निकायको स्वागतसँगै मोदी मन्दिर परिसरमा पुगेका हुन् । 


मोदीलाई स्वागत गर्न संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुक्तिनाथ परिसरमा शनिबार बिहानै पुगेका थिए । पर्यटनमन्त्री र प्रदेश ४ का मुख्यमन्त्रीले स्वागत गरेपछि मोदी पैदलै मन्दिर प्रवेश गरेका हुन्। मन्दिरको गेटमा पनि उनलाई विशेष स्वागतको व्यवस्था गरिएको थियो । 

नेपाल भ्रमणको दोस्रो दिन बिहानै मोदी मुक्तिनाथको दर्शन गर्न पुगेका हुन् । मोदी राजधानी काठमाडौंबाट बिहानै मुक्तिनाथ आइपुगेका हुन् ।  मोदीको मुक्तिनाथ दर्शनलाई लिएर बेनी–जोमसोम सडकखण्ड र मनाङसँग सीमा जोडिएको थोराङला पास शनिबार मध्याह्न १२ बजेसम्मलाई बन्द गरिएको छ । शुक्रबार दिउँसोदेखि मुक्तिनाथ क्षेत्रका होटलमा नेपाली सेनाको विशेष टोलीले सर्च गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.