इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता

इटहरीमा  भैंसी सुन्दरी प्रतियोगिता

इटहरी : इटहरीकी मिठु कार्की  ६ वर्षदेखि पालेको भैंसी डोर्‍याउँदै शनिबार बिहान इटहरी –२ को हवाई चोक पुगिन् । त्यहाँ उनको जस्तै अरु भैसीहरु पनि बिहानैदेखि ल्याएर राखिएका थिए । 

मिठूले  भैंसीलाई नुहाएर चिटिक्क बनाएर ल्याएकी थिइन् । त्यहाँ ल्याइएका ३८ वटै भैंसी सिंगारिएका थिए । किनकी ती भैंसीहरु प्रतियोगितामा सहभागी थिए । प्रतियोगिता थियो, ‘ भैंसी सुन्दरी प्रतियोगिता ।’

सधै मानिसको सुन्दरी प्रतियोगिता हुने गरेकोमा भैंसी सुन्दरी प्रतियोगिता पहिलो पटक देखेको सर्वसाधारणले प्रतिक्रिया दिए ।जिल्ला पशु सेवा कार्यालय, भैसी अनुसन्धान केन्द्रबाट पशु डाक्टर र प्राविधिकहरु निर्णायकको रुपमा उपस्थित थिए भने विजेता भैसीहरुलाई नगद पुरस्कार समेतको व्यवस्था थियो । 

मिठूको भैसी ‘हिरा’ ले प्रथम हुँदै ११ हजार रुपैया पुरस्कार जितिन् । अरु भैसीभन्दा हिराको जिउडाल, अनुहार, दुधको फाँचो सबै उत्कृष्ठ ठहर भयो । जितपछि सबैले मिठू र उनका श्रीमान भरतलाई बधाई दिए । ‘मेरो भैसी र मलाई पनि बधाई छ,’ उनीहरुले आफ्नो भैसी र आफैलाई बधाई दिए ।

प्रतियोगितामा सहभागी भैसीको सुन्दरता मापन गर्न विभिन्न मापदण्ड तयार पारिएको थियो । खासगरी मुर्रा जातको भैसीलाई प्राथमिकता दिएको उनले बताइन्। त्यसमा पनि उत्कृष्ठ हुनको लागि भैसीमा धेरै गुणबारे विचार गरियो । 

‘भैसीको उचाइ, हिडाइ, फाँचो, दिने दुधको परिणाम, आदि कुरामा विचार गरियो,’ प्रतियोगिताका निर्णायक राष्ट्रिय भैसी अनुसन्धान केन्द्र तरहराका वरिष्ठ वैज्ञानिक पवनकुमार झाले भने, ‘भैसीको सुन्दरतादेखि स्वास्थ्य र दिने दुधको परिणामसमेत जाँचेर अंक दियौं ।’

राजदेवी टोलमा बसेको उनको परिवारले १० वर्षदेखि भैसी पालन गरिरहेको छ । भैसी स्याहार गर्ने काम मिठूले गर्छिन् । भैसीले दिनको १२ लिटर दुध दिन्छ । ‘दुध बेच्छौं र पाएको पैसाले घर खर्च चलाउँछौं,’ श्रीमान भरतले भने ।भरतले आफ्नो भैसीले जितेर पाएको रकम भैसीकै घाँस, खोलेको लागि प्रयोग गर्ने बताए । 

मिठूको भैसीले ७६.६६ अंक प्राप्त गर्यो । दोस्रो स्थान प्राप्त गर्ने नरबहादुर कार्कीको भैसीले ७६.६० अंक पायो भने तेस्रो स्थान प्राप्त गर्ने वेदनीधि दाहालको भैसीले ७५ अंक पायो । दोस्रो, तेस्रो, चौथो हुने भैसीले पनि पुरस्कार पाए ।

भैसीपालक किसानहरुलाई प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी दिए । उनका अनुसार पछिल्लो समय भैसीभन्दा सजिलो हुने हुँदा गाई पाल्ने किसान बढेको र त्यसले दुग्ध उत्पादन कम हुने भन्दै भैसी पालनलाई प्रोत्साहित गर्न कार्यक्रम गरिएको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.