अझै भेटिएन मकालुको जहाज, खोजीकार्य तीब्र*

अझै भेटिएन मकालुको जहाज, खोजीकार्य तीब्र*

काठमाडौँः सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको जहाजको खोजी तीब्र पारिएको छ। बिहान ६ बजेर १२ मिनेटमा कार्गो बोकेर सिमकोटका लागि उडेको मकालुको ९ एनए जेयु जहाज ४ घण्टा बितिसक्दा पनि नभेटिएको हो । 

चालक दलका दुई सदस्यसहित उडेको जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोटमा अवतरण गर्नुपर्ने सेड्युल थियो । तर पौन ७ बजेदेखि नै जहाज बाजुराको आकाशबाट बेपत्ता भएको हो।

यसअघि त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले बाजुराको बगरमा जहाज भेटिएको र दुवै पाइलट सुरक्षित रहेका जानकारी दिएका थिए। ठाकुरले बजुराको दुलाचौरमा उक्त कार्गो विमानले 'फोर्स ल्यान्डिङ' गरेको बताएका थिए। तर पछिल्लोपटक उनले आफूले पाएको सूचना गलत भएको बताएका छन्। 

विमानमा चालक दलका सदस्य किरण भट्टराई र आदित्य नेपाली सवार थिए। बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो लिएर सिमकोटका लागि उडेको मकालुको जहाज सम्पर्कविहीन भएको थियो। 

*त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ताको सूचनामा आधारित समाचार भूलसुधारसहित सच्याइएको। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.