सत्ता भाष्यको विपक्षमा
कहिलेकाहीं यो देशको हावा पनि सत्ता–सत्ता गनाउँछ जस्तो लाग्छ।
जब देश सिंगै सत्तामय हुुन्छ विपक्षका ससाना स्वर पनि ठूला हुुँकार जस्ता सुुनिन्छन्। असन्तुुष्टिका ससाना चलमल पनि ठूलाठूला जुुलुुसजस्ता देखिन्छन्। मोतीविन्दुुको उपचार छ तर सत्तान्धता निकै डरलाग्दो हुुन्छ। अहिले हामी त्यहीं डरलाग्दो क्षण भोगिरहेछौं।
हेजेमोनी (प्रभुुत्व) को अवधारणा अघि सारे ग्राम्सीले। तिनै ग्राम्सीले जसलाई पूर्वकम्युुनिस्ट फासीवादी मुुसोलिनीले जेल कोचेको थियो। अदालतमा सरकारी वकिलको जिकिर थियो— यो निकै खतरनाक दिमाग हो, यसलाई कम्तीमा दस वर्ष सोच्न बन्द गरिदिनुुपर्छ। तर जेलमा पनि सोचे ग्राम्सीले र जन्मियो ‘प्रिजन नोटबुुक’ जहाँ उनले हेजेमोनीको अवधारणा व्याख्या गरेका छन्।
राजनीतिशास्त्रले पनि स्विकार्छ, सत्ताको चरित्र निरंकुुश हुुन्छ। दमनकारी हुुन्छ किनभने सत्ता भनेकै शक्तिको वैधानिकीकरण गर्ने औपचारिक थलो हो। त्यसैले अराजकतावादीदेखि माक्र्ससम्मले कालान्तरमा राज्यसत्ता उन्मूलनको अवधारणा अघि सारे।
ग्राम्सीले बडो गमेर सत्ताको चरित्र पत्ता लगाए। उनले हामीलाई बताइदिएका छन्, सत्ताका दुुई थरी हतियार हुुन्छन्– शस्त्र र शास्त्र। शस्त्रले मानिसलाई बल र धम्कीले दबाउँछ। त्यो हतियार समाउने सैनिक फौज हुुन्छ। प्रहरी, कानुुन र अदालत हुुन्छन् त्यसका चालक।
शास्त्र अलि फरक खालको हतियार हो। सत्ताले सधैं प्रत्यक्ष दबाउँदैन, उसले दबिने मानसिकताको निर्माण पनि गर्छ। सत्ताले दबाइने वर्गबाटै सहमति लिन्छ। त्यसका लागि शास्त्रको निर्माण गरिन्छ। सत्तापक्षीय भाष्यको निर्माण गरिन्छ। पहिले–पहिले राजा–महाराजालाई देव अवतारका रूपमा पुुजिएर, प्रशस्ति गायन र महिमामण्डन गरेर सत्ताको आफ्नैखाले भाष्य निर्माण गरिएको थियो। अहिले पनि त्यो क्रम यथावत् छ। रूपमा फरकपना होला तर अन्तर्य उस्तै छ। सत्ताको यो दोस्रो हतियार समात्ने फौज बुुद्धिजीवी हुुन्।
मोदी आगमन वरपरका परिदृश्य हेरेपछि ग्राम्सी फेरि सत्य लागे। उनको हेजेमोनीको अवधारणा फेरि सत्य सावित भयो। सत्ताका पण्डितहरूले नयाँ भाष्यको निर्माण गर्दैछन्। अब नेपाल फेरियो। नेपाल पहिलेभन्दा फेरियो। अब परिवर्तनका दिन आए। त्यस्तै नेपाल–भारतका सम्बन्धमा पनि परिवर्तन आए। नेपाललाई हेर्ने भारतको आँखा फेरियो। अनि तिनीहरूले नयाँ भाष्यको यत्नको लागि शब्द जुुराउने थाले। ती उफ्रिन थाले— भारतको ‘कोर्स करेक्सन’ भयो। यो भाष्यले अति छिटै यस्तो उग्र रूप लिँदैछ, मै हुुँ भन्ने मनुुवा पनि हो–हो भनेर तिनकै गीतमा लय मिलाउँदैछन्। सञ्चारमाध्यम उनीहरूकै भाषाको पछि दौडिरहेका छन्। अनि भँगेरे टाउके अक्षरमा छाप्दैछन्— अब कुुनै असमझदारी बाँकी छैन।
यी डिग्रीधारी, पीचडी वा अनेक उपाधिधारी मनुुवाहरूको यो जटिल शब्दावली हामीलाई पचाउन गाह्रो छ। किनभने हामी प्रश्न गर्छौं। हामीमा बाँच्नुु नामको चेतनको शेष भए पनि बाँकी छ। किनभने हाम्रो दिमागले सोच्छ। सायद सोच्नुु नै उनीहरूका लागि अपराध हो। जसरी हत्याराको लागि श्वास फेर्नुु पनि अपराध हो। सत्ता भाष्य निर्माणका लागि कलमरूपी तरबार बोकेकाहरूका लागि सोच्नुु पनि अपराध हो। सायद उनीहरूलाई लाग्ला, सोच्ने दायित्व उनीहरूको हो। सोच्ने उनीहरूको कर्तव्य हो। सोच्नुु उनीहरूको जिम्मवारी हो। अरू सबै बाँकी मनुुवाहरू होमा हो मिलाऊ। भै’त हाल्यो सबै समाधान। माफ गर्नुुहोला सत्ता भाष्यका पण्डितहरू। केही प्रश्न अझै जीवित छन् हाम्रा मनमा।
के साँच्चै भारतले नाकाबन्दीलाई गल्ती स्वीकार गरेकै हो त ? (यहाँ जवाफबारे पनि अनुुमान गर्न सकिन्छ। जवाफ आउनेछ— माफी माग्नुु भनेको मुुखले नै बोल्नुु होइन, व्यवहारमा लचिलोपन देखिएको छ।) त्यसैले अग्रिम प्रतिप्रश्न छ— के कूटनीतिमा रणनीति परिवर्तन भन्ने शब्दावली हुुँदैन ? के छ त्यस्तो ठोस, वस्तुुनिष्ठ (यो शब्द वामपन्थीलाई खुुबै मनपर्छ) प्रमाण जसले चित्त बुुझाओस्, नाकाबन्दीबारे आत्मालोचना भएकै हो। जनकपुुरदेखि मुुस्ताङ पुुगिदिनुु, पशुुपतिमा पूजा र ओलीलाई जनकपुुर लतार्नुु नै आत्मालोचना हो ? प्रधानमन्त्री ओली जनकपुुर जानुु दोष होइन। उनी दिनदिनै गए पनि हुुन्छ। तर नियत र समयले अर्थ फरक पारिदिन्छ। ओलीले अँगोछा भिर्नुु पनि दोष होइन। सामाजिक सञ्जालमा कवि सरिता तिवारीले भनेजस्तै नियतले अर्थ राख्छ।
कसैलाई लाग्ला– मोदीले मधेसलाई माया गरे। फेरि प्रतिप्रश्न ठडिहाल्छ— कसरी ? के भोकै प्यासै जनतालाई ताली ठटाउन ल्याइनुु नै मुुक्ति हो ? प्रदेशका बडे नेताहरूको उर्दीमा परेका जनता र हिजो बन्दुुकको आडमा जम्मा गराइएका जनतामा के फरक ? मधेसको अन्तर्यमा पुुगेर मधेसको समस्या पहिचान भयो त ? कि नाकाबन्दीको समयमा जापानी जर्नलमा भारतीय सुुरक्षाविज्ञ अखिलेश पिल्लामरीले लेखेजस्तै नयाँ बंगलादेशको सोच बाँकी नै छ ? बंगलादेश विभाजनको इतिहास पढ्नेलाई थाहा हुुन्छ— बंगलादेशमा केवल भारतीय सेनाहरू मुुक्ति सेनाको भेषमा पुुगेका थिएनन्, बरु पूर्वी पाकिस्तानका सुुरक्षा निकायका खासखास मानिसलाई दमनका लागि उक्साइएको पनि थियो। के मधेसमा सन् १९७१ को पुुनरावृत्तिको कोसिस गरिएको थिएन ? अब केही व्यक्ति मुुख्यमन्त्री र प्रदेश प्रमुुख हुुँदैमा र संघीय सरकारमा केही कुुर्सी भर्दैमा समस्याको समाधान भएको मानिने हो भने समस्याको पहिचान नै नभएको स्वीकार गर्नुु उचित हुुन्छ।
मोदी आगमन वरपरका परिदृश्य हेरेपछि ग्राम्सी फेरि सत्य लागे। उनको हेजेमोनीको अवधारणा फेरि सत्य सावित भयो। सत्ताका पण्डितहरूले नयाँ भाष्यको निर्माण गर्दैछन्।
यी सबै सन्दर्भहरूका वरिपरि पनि सत्ताका पण्डितहरू भाष्य निर्माण गर्दैछन्— कोर्स करेक्सनको।
सम्झना आउँछ दीपक ज्ञवालीको। त्यस्तै गणेश घिमिरे, गोपी उप्रेती, विकास पाण्डे, गोपाल शिवाकोटी ‘चिन्तन’, श्याम श्रेष्ठ र अजय दीक्षितको। धेरै पहिले यी दिग्गजले अरुण तेस्रोको व्यापक अध्ययन र विश्लेषण गरेका रहेछन्। यिनीहरूमध्ये केही मिलेर ‘अरुण सरोकार समूह’ पनि गठन गरेका रहेछन्। धेरै बगेपछि अहिले अरुण फेरि विषय बनेको छ। तर यी दिग्गजहरू मौन छन्। यो मौनता भयंकर हुुन्छ। मौनता कहिले निरीह र कहिले स्वीकृति बन्छ। कहिलेकाहीं मौनता आँधीको तयारी बन्छ। थाहा छैन यी दिग्गजहरूको कहालीलाग्दो मौनताको अर्थ के लाग्छ ! मात्र डर लाग्छ, कतै यी दिग्गज पनि सत्ताका पण्डितहरूको भाष्यमा विलुुप्त त हुुँदै छैनन् ?
लघुुस्मृतिले ज्यान लिन्छ। पुुतली आगोमा एउटा पखेटा पोल्छ। समयको सूक्ष्म अन्तरालपछि पहिलेको पोलाइ बिर्सेर फेरि आगोमा होमिन पुुग्छ। मान्छेको स्मृति पनि क्षणिक भयो भने ? बाँच्नुु भनेको श्वास फेर्नुु मात्र पनि होइन। जीवन खासमा स्मृतिहरूको कुुञ्जी हो। यसै भनेका थिए क्वान्टम फिजिक्सका धरोहर स्रोडिङ्गरले। स्मृतिले विगतलाई वर्तमान र वर्तमानलाई विगतसँग जोड्छ। सभ्यताको उदयपछि हरेक मान्छे विगत, वर्तमान र आगतमा बाँचिरहेको हुुन्छ। हामी सबै विगतको अलिकति स्मृति र आगतको अलिकति सपनाले वर्तमानमा विचरण गरिरहेका हुुन्छौं। भूकम्प हाम्रो क्रूर विगत थियो। त्यसले हामीलाई घर कस्तो बनाउने भनेर पाठ सिकायो। हामी लघुुस्मृतिका रोगी भयौं भने भूकम्पले होइन, हाम्रो स्मृतिदोषले मारिन्छौं। त्यस्तै थियो नाकाबन्दी पनि।
नाकाबन्दीले हामीलाई सचेत हुुन सिकाएको छ। नाकाबन्दीले हामीलाई छिमेकीप्रति सचेत हुुन सिकाएको छ। नाकाबन्दीले आफ्नो खुुट्टा दह्रो बनाएर उभिन सिकाएको छ। तर हामी लघुुस्मृतिका दोषी भइरहेका छौं। मोदी आगमनका समयमा केही सचेत नागरिकले ब्यानरमा लेखेर, सत्ताले खोसेपछि बेलुुनमा उडाएर, आफ्नो दीर्घ स्मृतिको चिनारी दिए। धन्यवाद तिनलाई। तिनका कैयन् विचारमा असहमत हुुँदाहुुँदै पनि तिनलाई धन्यवाद। तर ती मनुुवाप्रति प्र्रश्न, दया र उपेक्षा एकसाथ जागेर आउँछ, जो भाषणमा ठूलाठूला नारा फलाक्छन् तर विरोधको एउटै प्लेकार्ड प्रदर्शन गर्दैनन्। कि त तिनीहरू विस्तारै सत्ता पण्डितको भाष्यमा फस्दैछन् कि त तिनीहरू थकित, गलित र आत्मबलविहीन हुुँदैछन्। हिजो मसाल समात्ने हातहरू, विस्तारवादको नारा घन्काउने स्वरहरू, भारतीय दूतावास घेर्ने हिम्मत गर्नेहरू, संसद्मा नाराबाजी गर्नेहरू आज किन मौन बसे ?
सत्ताका पण्डितहरूले बडो चलाकीसाथ नयाँ भाष्यको निर्माण गर्दैछन्। सत्तालाई सधैं प्रश्न गरिरहनुुपर्छ किनभने सत्ता शक्तिको खोजीमा सधैं उद्यत् हुुन्छ। सत्ताका प्रशंसा उसकै भाटहरूले गरिरहन्छन्। जनताका सेवक ठान्नेहरूले प्रश्न गर्छन्। यो द्वन्द्वको निरन्तरताले समाजलाई जिउँदो राख्छ जसरी अक्सिजन युुक्त र विहीन रक्तको सञ्चालनमा जीवन चल्छ। बेलायती प्रजातान्त्रिक परिपाटीमा त्यसैले प्रतिपक्षी हुुन्छ। तर हाम्रो विपक्षी त त्यो स्याल हो, जसले खान नसककै कारण अंगुुर अमिलो छ। त्यो कुुवाको भ्यागुुताजस्तो आपसको बाजाबाजको ट्वारट्वार गरिरहेछ। यो केही होइन म जिउँदै छुु है भन्ने मृतप्रायः संकेत मात्र हो। विचरा प्रतिपक्षी।
सत्ताले अहिले थोपरिरहेको भाष्य हाम्रो विगतमाथिको धावा हो। हाम्रा परिभाषा र मान्यतामाथिको धावा हो। जो अहिले ‘कोर्स करेक्सन’ को शब्दावलीमा देखापरेको छ। तपाईं आलोचना गर्नुुस् दम्भ र आडम्बरले भरिएको जवाफ आउँछ— हामीलाई कसैले सिकाउनुु पर्दैन। मान्यवर, जीवन त निरन्तर सिकाइ हो। कहिलेदेखि तपाईंको ज्ञानको घैंटो टिलपिल टिलपिल भरियो ? मन्त्रीको कुुर्सीमा बसेपछि हिजोको आफ्नै कविताको लय पनि कर्कश लाग्ने हो कि क्या हो ? दुुःख त यहाँ छ, सत्ता भाष्यको भयले हो वा टक्कर लिने अरुचिले सम्पादकका कलम पनि विम्ब, प्रतीक र कूटनीतिको घुुमाउरो यात्रा गर्न अभिशप्त छ।
कहिलेकाहीं आफ्नो जीवन बोधका लागि आफैंलाई चिमोट्नुुपर्दछ। यो आफैंलाई चिमोटाइ हो। आउनुुस् चिमोटौं आफैंलाई। लौ त बाँचौं। र नर्बिसौं— खोलाको बगेको धारमा मरेका माछो पनि बग्छ, जिउँदो माछा त्यो हो, जुुन धारको विपरीत पौडन्छ।