ट्याक्टरबाट लडेर मजदुरको मृत्यु

ट्याक्टरबाट  लडेर मजदुरको मृत्यु

राजविराज : ढुंगा बोकेको ट्याक्टरबाट लडेर बिहीबार बिहान सप्तरीमा एक १६ वर्षीय मजदुरको मृत्यु भएको छ। खडग नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको स.१ त ५५५९ नम्बरको ट्याक्टरबाट लडेर उदयपुरगढी गाउँपालिका ५ का दिलिप तामांगको मृत्यु भएको उनीसँगै काम गर्ने मजदुरले जानकारी दिएको प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले बताए।

पोस्टमार्टमका लागि शवलाई रामकुमार उमाप्रसाद मुरारका अस्पताल लहानमा राखिएको छ। घटनालगत्तै ट्याक्टर चालक फरार भएको र ट्याक्टर इलाका प्रहरी कार्यालय कडरबोनाको नियन्त्रणमा राखिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.