मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज हुने

मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज हुने

एकजनाको कम्तिमा १८ हजार जोगिने  

काठमाडौँ: सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिँदै आएको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीको पहल सुरु गरेको छ ।

श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने भएको हो ।

श्रममन्त्री गोकर्णराज विष्टले बिहीबार पत्रकार सम्मेलन गरी नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका ३९ वटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था हटाई नेपालमा कानूनबमोजिम सञ्चालित सबै संस्थामा परीक्षण गराउने व्यवस्था गर्न लागिएको बताएका छन् । 

उनले परीक्षणमा अनलाइन माइग्रामका नाममा प्रतिकामदार १२५, मलेसियन दूतावासमा एकीकृत सेवा (ओएसस) का नाममा लिइने दुई हजार ८०० र भ्याट, माइग्रेसन सेक्युरिटी बापत तीन हजार २०० सय, भीसा शुल्क अनलाइनबाट प्रक्रिया गर्न तीन हजार २०० लिने काम अवैध र गैरकानूनी भएकाले खारेज गरिने पनि बताए । 

यो निर्णयबाट नेपाली कामदारलाई झण्डै १८ हजार बचत हुनेछ । नेपालबाट मलेसियामा वार्षिक करीब डेढ लाख कामदार जाने गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.