करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर : मोरङको रंगेली नगरपालिका-१ ववियाविर्ताकी ४० वर्षीया नहेनश्वरी राजवंशीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ।

सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर राजवंशी घाइते भएकी थिइन्। घाइते उनको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

करेन्ट लागेर स्थानीय ३५ वर्षीया कुस्मी राजवंशी पनि घाइते भएकी छन्। उनको  विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.