पोल गाडेको ७ वर्षमा पनि बलेन बिजुली

पोल गाडेको ७ वर्षमा पनि बलेन बिजुली

धनगढी ः कैलालीको पहाडी गाउँपालिका मोहन्यालमा विद्युत् पोल गाडिएको सात वर्षसम्म पनि तार तानिएको छैन। गाउँपालिका सात वडामध्ये वडा नं ३ र ७ मा अझै विद्युत् नपुगेको हो। विद्युत् सेवा नपुग्दा त्यहाँका बासिन्दा अझै पनि टुकीको भरमा बस्न बाध्य छन्।

तराईको बर्दगोरिया गाउँपालिका भएर झगडपुर हुँदै फलेबिसौनासम्म विद्युत्का पोल गाडिएको सात वर्ष भएको वडाध्यक्ष नवीन गिरीले बताए। ‘सिंहदररबारेको अधिकार गाउँगाउँसम्म आएको छ, तर हाम्रा लागि न अधिकार आयो न सिंहदरबार नै’, वडाध्यक्ष गिरीले भने।

गाउँमा विद्युत् पु¥याउन स्थानीयले सात वर्षअघि झण्डै १० किमिसम्म पोल गाडेका थिए। वन क्षेत्रमा पर्ने रूखहरू काट्नका लागि वनमा हारगुहार गरे पनि केही सुनवाइ नभएपछि उनीहरूले पोल गाडेपछि वनलाई दबाब पुग्ने भन्दै पोल गाडेका हुन्। वन कार्यालयमा पटकपटक छिटो गरिदिनु भन्न थालेको पनि सात वर्ष बितेको स्थानीय रवि शाहले बताए।

सो क्षेत्रमा लाइन विस्तारका लागि एक सय २५ वटा हरिया रूख काट्नुपर्नेछ। ‘हामीले स्थानीय रवीन्द्र बस्नेतको संयोजकत्वमा समिति गठन गरेका छौं, त्यो समितिले वनदेखि विभागसम्म धाइसकेको छ, केही पनि भएको छैन’, वडाध्यक्ष गिरीले भने। ‘स्थानीय सरकारप्रति जनताले धेरै अपेक्षा गरेका छन्, तर विभिन्न कानुनी बाधाले काम गर्न कठिनाइ भएको छ।’

हुन त हरेक वर्ष विद्युत् प्राधिकरणले काम सञ्चालन गर्न लाखौं काम नछुुट्याउने गरेको छ। प्राधिकरणबाट गत वर्ष छुट्याएको २५ लाख रकम फ्रिज भएको छ। विद्युत् प्राधिकरणले गाउँपालिकामा विद्युत् पु¥याउने प्रयास गरे पनि वनका कारण नै विस्तार हुन नसकेको विद्युत् प्राधिकरण धनगढी शाखा प्रमुख धीरेन्द्र यादवले बताए।

‘विद्युत् कार्यालयले विद्युत् विस्तारका लागि पोल गाडिए पनि वनका कारण तार तान्ने काम रोकिएको छ’, उनले भने।

तर, जिल्ला वन अधिकृत नवराज काफ्लेले भने रूख काट्न मन्त्रालयस्तरीय निर्णय चाहिने बताउँछन्। ‘जिल्ला वन कार्यालय मन्त्रिपरिषद्को निर्णय कुरेर बसेको छ, मन्त्रिस्तरीय निर्णय आएन भने रूख काट्न मिल्दैन’, जिल्ला वन अधिकृत काफ्लेले भने।

जिल्लाको पूर्वीक्षेत्र बौनियाँ बजारदेखि फलेबिसौनासम्म तीन सय बढी पोल गाडिएका छन् भने सयौं पोल थुपारेर राखिएका छन्।

उनले लाइन विस्तारका क्रममा पर्ने रूखहरूको वातावरणीय मूल्यांकन गरेर मन्त्रालयमा पठाइसकिएको बताए। उनले ११ किलोमिटर वन क्षेत्रमा जिल्ला वन र मन्त्रालयको निर्णय नगराएरै पोल गाडिएकोले मन्त्रिपरिषद्को निर्णय नआइसक्दासम्म जिल्ला वनले रूख कटान गर्ने आदेश दिन नमिल्ने काफ्लेको भनाइ छ।

जिल्लाको पूर्वीक्षेत्र बौनियाँ बजारदेखि फलेबिसौनासम्म तीन सय बढी पोल गाडिएका छन् भने सयौं पोल थुपारेर राखिएका छन्। प्रदेश तथा संघीय सरकारले घर–घरमा उज्यालो अभियान लिएका बेला अझै टुकीको सहायताले पढ्नुपरेको विद्यार्थी हिमाल विकले बताए।

सातवर्ष सम्मविद्य्त लाइन विस्तार नभएपछि गाउँपालिकाले वैकल्पिक ऊर्जा व्यवस्था गर्ने तयारी गरेको छ। ‘अब सोलारबाट बत्ती बाल्ने योजना बनाउँदै छौं’, मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलले भने। उनले विद्युत् नहुँदा कार्यालयबाट दिइने सेवाहरू प्रभावित भएको बताए। ‘वडा कार्यालयका मात्रै होइन गाउँपालिकाका सेवाहरू नै प्रभावित भएका छन’, उनले भने।

मोन्याल कैलालीको अतिदुर्गममा पर्ने गाउँपालिकाहो। यहाँका धेरैजसो वडा सञ्चारविहीन अवस्थामा छन्।

कैलालीको मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनामा गाडिएका विद्युतका पोल। कैलाश जोशी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.