गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थीको टाउको फोडे

गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थीको टाउको फोडे

डडेल्धुरा: डडेल्धुराको भित्री मधेश क्षेत्रको परशुराम नगरपालिका-२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थीको टाउको फोडेका छन्। 

गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेका हुन्। परशुराम नगरपालिका-२ गोगनका १२ वर्षीय कामीलाई स्केलले हानेर टोउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए। 

बुधबार विद्यालयको गृहकार्य नगरे आएको भन्दै शिक्षक अवस्थीले स्केलले हान्दा टाउकोमा गम्भीर चोट पुगेको छ।रामको टाउकोमा घाउ हुने गरी कुटपिट गरेको प्रहरी निरीक्षक शैलेन्द्र भट्टले बताए। शिक्षक अवस्थीले हातमा हान्न खोज्दा टाउकोमा लागेको भन्ने जवाफ दिएको प्रहरीले जनाएको छ।

टाउकोबाट धेरै रगत बगेको अवस्थामा विद्यालय नजिकै रहेको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि विद्यार्थीलाई जोगबुढा अस्पताल लगिएको छ।अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि विद्यार्थीलाई शुक्रबार कैलाली ल्याइएको विद्यार्थीका बुवा डम्बर विकले बताए। 

उचित उपचार खर्च उपलब्ध गराउन माग गर्दै निर्घात कुटपिट गर्ने शिक्षक अवस्थीलाई कडा कारबाहीको माग गर्नुपर्ने अभिभावकको माग छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.