डेनिस ब्राण्ड टुबोर्गले स्थानीयसँगै अन्तराष्ट्रिय कलाकार डिप्लो र मोसँग सहकार्य गर्दै
काठमाडौं : डेनिस ब्राण्ड टुबोर्गले, पहिलो सांगीतिक अभियानको सफलता पश्चात, ‘टुबोर्ग ओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ। जसले यस वर्ष विश्वभरका सांगीतिक क्षेत्रका प्रभावकारी कलाकारको खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ संगीतिक ट्र«याक बनाउने हो।
टुबोर्ग ओपनले अभियानले दोस्रो वर्षमा फेरि एकपटक उत्कृष्ट संगीतकारसँग मिलेर केही विशेष रचना गर्दैछ। एउटै विश्वव्यापी सन्देश भएको विश्वभरका प्रत्येक कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दका साथ गाउनेछन्।
अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए, डेनमार्कका लोकप्रिय कलाकार, ‘मो’सँग फेरि आएका छन्। उनीहरु मिलि ‘स्टे ओपन’ नामक ट्र«याक रचना गरेका छन्। जसमा, विश्वभरका कलाकारलाई ‘ओपन टु मोर’ हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुत गर्नेछन्।
डिजे तथा गायक, ‘ईभान र्डोन’र सियासँग काम गर्दैछन् भने, भारतसँग ‘विशाल डढलानी’ संलग्न भएका छन्। जसको सांगीतिक प्रभाव बलिउडदेखि इन्डी रकसम्म फैलिएको छ। नेपालमा दुईजना लोकप्रिय स्थानीय कलाकारसँग सहकार्य गरिने छ। लोकप्रिय नेपाली र्यापर ‘लाहुरे’ र ‘बिपुल क्षेत्री’, जो उनको समकालीन लोक संगीतका लागि चिनिन्छन्। गायक–गीतकार ‘लेभान्टे’ले इटालीमा हुने अभियानको नेतृत्व गर्नेछन्। चीन, बुल्गेरिया र म्यानमारका बजारबाट अन्यकलाकार निश्चितहुन बाँकी नै छ।