क्युबामा राष्ट्रिय शोक घोषणा

क्युबामा राष्ट्रिय शोक घोषणा

 हवाना : क्युबामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका हवाई यात्रुको सम्झनामा दुई दिन शोक मनाइने सरकारले शनिबार जनाएको छ।

क्युबाको राजधानी हवानास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनामा १ सय ७ जना यात्रुको मृत्यु भएको थियो। विमानबाट तीन जना महिलालाई सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो। क्युवाले शनिबार बिहानैदेखि आइतबार मध्यरातसम्म मृतकको सम्झनामा शोक मनाउने घोषणा गरेको क्युवाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वराष्ट्रपति राउल क्यास्ट्रोले बताएका छन्।मृत्यु हुने यात्रुहरूमा दुई अजेन्टिनी नागरिकसहित पाँचजना विदेशी थिए। विमान चालक दलका ५ सदस्य भने मेक्सिकोका नागरिक हुन्।

 जहाज उडेको एकैछिनमा खसेको थियो। जहाज उडेको केही क्षणमा समस्या देखिएको र तत्कालै विमानस्थलभन्दा केही परको बाँझो जमिनमा धस्सिएको थियो। जहाज धस्सिएपछि धुँवाको ठूलो मुस्लो देखिएको र त्यसलगत्तै उद्धारको कार्य शुरु भएको थियो। क्युबाको राजधानी हवानाको होसे मार्ती विमानस्थलबाट उडेको बोइङ ७३७ मा समस्या देखिएको थियो। समस्याबारे कुनै पनि पूर्वसूचना प्राप्त नभएको उड्डयन अधिकारीले जनाएका छन्।

उद्धार कार्यमा तत्कालै स्थानीय बासिन्दा र आपत्कालीन उद्धारकर्मीहरू खटिएका थिए। परिचालित सबैले उद्धारको काम थाले पनि जहाजमा आगो लागेकाले समयमै विमानबाट यात्रुलाई बाहिर निकाल्न नसकिएको अधिकारीले जनाएका छन्। त्यस विमानमा चालक दलका पाँचजना सदस्य सवार रहेको बताएका छन्। हवानाबाट उडेको उक्त विमान क्युबाको पूर्वी भूभागमा पर्ने ओल्गिन शहरतर्फ जान लागेको थियो। क्युबाका उड्डयनमन्त्री र राष्ट्रपतिले दुर्घटनास्थलको भ्रमण गरेका छन्। 

उक्त जहाज क्युवाको राष्ट्रिय ध्वजावाहक कम्पनी ‘क्युबाना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको थियो। विमानको दुर्घटनाबारे अनुसन्धानका लागि प्राविधिकसहितको टोली बनाई अनुसन्धान शुरु गरिएको राष्ट्रपति मिगेल दियास केनलले बताए। 

राष्ट्रपति कनेलले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूका आफन्तजनमा समवेदना व्यक्त गरेका छन्। उनले आपत्कालीन उद्धारमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई चुस्तताका साथ काम गर्न आग्रह गरे। उनले ठूलो संख्यामा मानिसले ज्यान गुमाएकाले देश स्तब्ध भएको बताएका छन्। सरकार र आफ्ना पार्टीका तर्फबाट उनले समवेदना प्रकट गरेका छन्। क्युबामा सन् १९८० को दशकयता पहिलोपटक यो ठूलो र दुःखद दुर्घटना भएको छ। यसलाई देशको उड्डयन इतिहासकै सबैभन्दा खराब हवाई दुर्घटना भनिएको छ। 

यस दुर्घटनाका कारण यसमा परेका क्युबाली परिवारका सदस्य मात्र नभएर सिंगो देश नै शोकमा डुबेका समाचार आइरहेका छन्। उडेलगत्तै कसरी विमान खस्न पुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले घटनास्थलमा अनुसन्धान थालेका छन्। निकै लामो समयसम्म उक्त विमानले सेवा दिइरहेको र राम्रो अवस्थामा रहेको विमान के कति कारणले खस्न पुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको उड्डयन अधिकारीले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.