मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ।उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु १०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै ठोक्किँदा सो दुर्घटना भएको थियो। 

दुर्घटनामा परी दुईजनाको घटनास्थलमा मृत्यु भएको हो भने एकजनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बर्दघाट-१६ का २१ वर्षीय सन्तोष न्यौपाने, बर्दघाट १४ का १९ वर्षीय आशिष जिसी र बर्दघाट-१६ बस्ने ३० वर्षीय अजितसिंह ठकुरी रहेका छन्।रासस 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.