मुख्यमन्त्री र गृहमन्त्री भेटवार्ता : त्रीदेशीय नाका प्रहरी राख्न माग

मुख्यमन्त्री र गृहमन्त्री भेटवार्ता : त्रीदेशीय नाका प्रहरी राख्न माग

धनगढी : प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रीलोचन भट्ट र संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाबीच बुधबार धनगढीमा भेटवार्ता भएको छ। प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहमागि हुन धनगढी आएका गृहमन्त्री थापा र मुख्यमन्त्री भट्टबीच, भट्टकै निवासमा भेटवार्ता भएको हो। मुख्यमन्त्री भट्टले वर्षौं देखि ६ महिना खाली रहने दार्चुलाको त्रिदेशीय नाका तिंकरमा नेपाली प्रहरी वर्षभरी बस्ने ब्यवस्था मिलाउन आग्रह गरे।

दार्चुलाको तिंकरमा जाडोका बेला नेपाल प्रहरी तल झर्ने गरेकाले भारत र चीनले नेपालको भुमी प्रयोग गरेर ब्यापार गर्ने गरेका छन। नेपाल, भारत र चीनको त्रिदेशीय नाकामा नेपाल प्रहरी मंसिर देखि नै हिमपात भए लगत्तै बेशी झर्ने गरेको छ। ‘मुख्यमन्त्री ज्युले, त्यहाँ वर्षभरी प्रहरी बस्नसक्ने पोशाक, पुर्वाधार र अन्य सेवा सुविधा दिन गृहमन्त्री ज्युलाई आग्रह गर्नुभयो’ मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले भने। ‘त्यसमा गृहमन्त्री थापाको सकारात्मक जवाफ आएको छ।’

मुख्यमन्त्री भट्टले यही आर्थिक वर्ष देखि त्रीदेशीय नाका तिंकरमा नेपाल प्रहरीको बाह्रै महिना बस्ने गरी ब्यवस्थापनको माग गरेका हुन। उनले नेपाल भारतको खुला सीमानाका कारण तस्करी, लागु औषधका कारोबारीहरु बढिरहेकाले भारत सँगको सीमानामा कम्तीमा पनि ५ किलोमिटरमा शसस्त्र प्रहरीको क्याम्प राख्न माग गरे।

कैलाली र कञ्चनपुरको झण्डै दुई सय किलोमिटरको भारतसँगको सीमानामा चार पाँच वटा मात्रै शसस्त्र प्रहरीका क्याम्प राखिएका छन। खक्रौला, भजनी, त्रिनगर, बेलौरी र गड्डाचौकीमा मात्रै शसस्त्र प्रहरीको क्याम्प छ।

४० किलोमिटरको दुरीमा राखिएका शसस्त्रका क्याम्पले तस्करी, लागुपदार्थ र अन्य सीमामा हुने अपराध रोक्न नसकिरहेकाले आउदो आर्थिक वर्षदेखि सीमाको हरेक ५ किलोमिटरमा शसस्त्र प्रहरी राख्नुपर्ने माग गरिएको स्वकीय सचिव ओलीले बताए।

‘अवैध रुपमा भईरहेको चोरी तस्करी रोक्न, लागुपदार्थका कारण युवाहरुमा फैलिरहेको विकृती रोक्न र सीमानामा हुने अपराध रोक्नका लागि यो गर्न आवश्यक रहेको कुरा गृहमन्त्रीलाई भनियो’ मुख्यमन्त्रीका स्वकीय सचिव ओलीले भने।

भेटवार्तामा प्रदेश ७ मा प्रहरी जनशक्ति थप्नका लागि छलफल भएको छ। प्रदेश ७ मा करिव ६ हजार प्रहरीको दरबन्दी रहेको र त्यसमा पनि ४ देखि ५ हजार मात्रै कार्यरत रहेकाले समाजमा अब्बल शान्ति सुरक्षा हुन नसकेको भन्दै मुख्यमन्त्रीले कम्तीमा पनि प्रदेशमा १० हजार प्रहरीको जनशक्ति राख्नका लागि केन्द्रिय गृहमन्त्रीलाई आग्रह गरेका छन।

प्रदेश नं.७ को राजधानी धनगढीमा प्रदेश स्तरिय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री रामबहादुर थापा मंगलबार साझ धनगढी आएका हुन। उनीसँगै चार वटै सुरक्षा अंगका प्रमुखहरु पनि आएका छन।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.