सुन तस्करी र सनम हत्याकाण्ड: दुई दिनमा पनि सकिएन 'गोरे'को बयान

सुन तस्करी र सनम हत्याकाण्ड: दुई दिनमा पनि सकिएन 'गोरे'को बयान

१६ पेज लामो बयान

विराटनगरः साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसँग बयान लिने काम दुई दिनमा पनि सकिएन । 

जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका गोरेलाई दोस्रो दिन बिहीबार विहान १० बजे बयानका लागि जिल्ला अदालत मोरङ लगिएको थियो । न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा बुधबारबाट उनीसँग बयान लिन सुरु गरिएको थियो । 

बयान नसकिएपछि उनलाई पूर्ववत् फेरि उपस्थित गराइने गरी हिरासतमा राख्न पठाइएको छ । बुधबार र बिहीबार गोरेसँग १६ पृष्ठको बयान लिइएको छ । उनले दिएको बयानबारे अदालतले केही खुलाएको छैन । 

अदालतका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले बयान लम्बिएको बताउँदै यसलाई शुक्रबार पनि निरन्तरता दिइने बताए । उनले बयान सकिने मितिबारे एकिन नभएको बताए । 

बयान लिएर बादी र प्रतिवादी वकिलबीच थुनछेक बहस सकिएपछि अदालतले गोरेलाई थुनामा पठाउने, तारेख वा धरौटीमा छाडेर मुद्दाको सुनुवाई गर्ने भन्ने आदेश गर्ने गौतमको भनाइ छ । 

मंगलबार पक्राउ परेका गोरेलाई काठमाडौँबाट त्यही दिन विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालत मोरङमा बयानका लागि बुधबार उपस्थित गराइएका उनले आफू असुरक्षित रहेको बताएका थिए । उनले आफूलाई विभिन्न व्यक्तिबाट धम्की आइरहेको बताउँदै मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा बस्न पाउनुपर्ने आवाज उठाएका थिए । 

न्यायाधीश शर्माको इजलासले गोरेका हकमा हिरासतमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मानव अधिकारकर्मीको निगरानीमा राख्ने व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा आदेश जारी गरेको थियो । 

जिल्ला अदालत मोरङले सुन तस्करी र शाक्य हत्यामा मुछिएका २८ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न मंगलबार नै आदेश दिइसकेको छ । 

प्रतिवादीमध्ये एकजना धरौटी र एकजना साधारण तारेखमा रिहा भएका छन् । ६३ प्रतिवादीमध्ये मुख्य अभियुक्त गोरेसहित पक्राउ परेकाको संख्या ३१ पुगेको छ । एसएसपी श्यामबहादुर खत्रीसहित ३२ अभियुक्त अझै फरार छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.