सिण्डिकेट खारेजीपछि कम्पनी गुपचुप दर्ता

सिण्डिकेट खारेजीपछि कम्पनी गुपचुप दर्ता

बुटवल ः सरकारले सिण्डीकेट खारेज गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले कम्पनी दर्ता शुरु गरेका छन्। सिण्डिकेटकै पक्षपाती व्यवसायीले गुपचुप रूपमा व्यवसाय दर्ता गरेका छन्। सिद्धार्थ यातायात व्यवसायी संघका पदाधिकारीहरूले कम्पनी दर्ता गरेर राखेका छन्। जेठ महिनाको पहिलो सातामै सात वटा कम्पनी दर्ता भएका छन्। कम्पनी दर्ता गरेका व्यवसायीले नाम र सञ्चालकहरूको विवरण भने सार्वजनिक गरेका छैनन्। पश्चिम नेपाल वस व्यवसायी संघका पदाधिकारीहरू पनि कम्पनी दर्ताको तयारीमा छन्।

प्रदेश पाँचमा १६ वटा यातायात कम्पनी दर्ता भइसकेका छन्। बैशाख महिनामा प्रदेश पाँचबाट बस सञ्चालनको लागि कुनै पनि यातायात कम्पनी दर्ता नभएपनि जेठ महिना सुरु भएयता १० गतेसम्म ७ वटा कम्पनी दर्ता भइसकेका छन्। जसअनुसार ६ वटा निजीबहुल (एक भन्दा बढी सेयर सदस्य भएका) कम्पनी दर्ता भएका छन् भने एउटा मुनाफारहित संस्थाको रूपमा दर्ता भएको छ। बुटवलबाट हरियाली यातायातको नामको मुनाफारहित कम्पनी दर्ता भएको छ। यो कम्पनी कसले दर्ता गरेको भन्ने खुलेको छैन। यस्ता कम्पनीले शेयर बाँड्न भने पाउँदैनन्। ‘कम्पनीमा दर्ता भएपछि यातायातले पञ्जीकरण गर्छ तर सेयर बाड्न पाउँदैनन्,’ यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख गोगनबहादुर हमालले भने।

जेठ महिनामै भैरहवामा बुद्धभूमि अटो कम्पनी दर्ता भएको छ। सिद्धार्थ यातायात व्यवसायी समितिमा आबद्ध केही व्यवसायीहरूले सो कम्पनी दर्ता गरेका हुन। तर समितिका पदाधिकारीले भने संस्थाभित्रबाट कम्पनीमा दर्ता नभएको दाबी गरेका छन्। ‘हाम्रो संस्थाबाट कसैले दर्ता गरेको थाहा छैन,’ सिद्धार्थ यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष सुनिल विष्टले भने ‘कम्पनी दर्ताको बारेमा बुझ्न खोजेका थियौं, निकै झन्झटिलो लाग्यो। उद्योगजस्तो यातायात नहुने रहेछ।’ कपिलवस्तुमा कृष्णनगर यातायात र दाङको घोराहीमा अम्बिकेश्वरी यातायात कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको छ। बाँके जिल्लामा बस सञ्चालनको लागि ३ वटा यातायात कम्पनी दर्ता भएका छन्। नेपालगञ्जबाट भिजिट भेरी यातायात र सनसाइन यातायात र कोहलपुरबाट पूर्वपश्चिम सुलभ यातायात कम्पनी दर्ता भएका छन्।

सरकारको सिण्डिकेट हटाउने निर्णयअघि पनि प्रदेश ५ मा निजी यातायात कम्पनी थिए। तर ती कम्पनीले खुलेर सेवा दिन पाएका थिएनन्। साउनयता बस सञ्चालनका लागि कम्पनी रजिस्टारको कार्यालयमा प्रदेश पाँचबाट १६ वटा यातायात कम्पनी दर्ता भएका छन्। यो अवधिमा बुटवलबाट हरियालीबाहेक दर्शन लुम्बिनी र नमस्ते कपिलबस्तु दर्ता भएका छन्। त्यस्तै, वैशाख अघि नै दाङको नमस्ते राप्ती यातायात, नेपालगञ्जबाट भेरी कर्णाली र सुन्तोला यातायात, रुकुमबाट प्राफी रुकुम र पूर्वी रुकुम यातायात, रोल्पाबाट मधुरमा यातायात र कपिलबस्तुबाट सिवराज अटोरिक्सा समिति कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका छन्।

 जेठ महिनाको पहिलो सातामै सात वटा कम्पनी दर्ता भएका छन्।

सरकारले आउँदो असार मसान्तपछि यातायातका समितिहरू नविकरण नगर्ने निर्णय गरेपछि समितिमा आवद्ध व्यवसायीहरू पनि कम्पनीमा दर्ता हुने मानसिकतामा छन्। तर संस्थागत निर्णय भने गरिसकेका छैनन्। पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सरकारसँगको छलफलमा कार्यदल तथा आयोग बनाएर मात्र यातायात क्षेत्रको हल खोज्नुपर्ने सहमती भएको बताए। ‘सिण्डीकेट अन्त्य भनेर मात्र हामीले सही ग¥यौं, त्यतीले मात्र समाधान हुँदैन,’ संघका अध्यक्ष दधिराम खरेलले भने ‘करको दायरा, दुर्घटना न्युनिकरणलगायत विषयमा छलफल हुनुपर्छ।’ संविधानअनुसार संघसंस्था खोल्ने स्वतन्त्रता रहेको भन्दै उनले कम्पनीमा गए पनि समितिका संरचना कायम हुनुपर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.