टिप्परको ठक्करबाट शिक्षिकका घाइते

टिप्परको ठक्करबाट शिक्षिकका घाइते

दाङ : टिप्परको ठक्करबाट दाङमा एकजना शिक्षिका गम्भीर घाइते भएकी छन्। दाङको तुलसीपुरको मुख्य सडकमा पर्ने जेसिज चौकमा तीव्रगतिमा रहेको रा १ क ५८३ नम्बरको टिप्परले उपमहानगरपालिका-३ दमारगाउँकी २४ वर्षीया टिना केसी सवार रा ३ प २५३३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी हुन्।

उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्राथामिक उपचार गरी थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ।आधा शरीर क्षतविक्षत भएकाले उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

दुर्घटना पछि आक्रोशित भीडले चौकमा रहेको प्रहरी बिट्मा समेत तोडफोड गरेको छ। केसीका आफन्तले ठक्कर दिने टिप्परलाई कारवाही गरिनुपर्ने माग गरिरहेका छन्। टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.