धनगढीको सेन्चुरी बैंक अगाडि गोली प्रहार*

धनगढीको सेन्चुरी बैंक अगाडि गोली प्रहार*

धनगढी : प्रदेश नम्बर ७ को राजधानी धनगढीस्थित सेन्चुरी बैंकको शाखा कार्यालय अगाडि गोली प्रहार भएको छ। धनगढीको ट्राफिक चोक नजिकै रहेको सेन्चुरी बैंकको शाखा कार्यालय अगाडि आइतबार बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक इन्द्र मल्लका अनुसार बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका व्यक्तिमाथि गोली प्रहार भएको हो। घाइते ती व्यक्तिलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ। लुटेराले गोली प्रहार गरी उनलाई लुट्न खोजेको मल्लको अनुमान छ।

लुटपाट भए नभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। 


* सिद्धार्थ बैंकबाट रकम निकालेर जाँदै गर्दा सेन्चुरी बैंक अगाडि गोली प्रहार भएकोले भूलसुधारसहित समाचार अपडेट गरिएको छ। अपडेट समाचार पढ्नुहोस्ः गोली प्रहार गरी साढे ९ लाख लुटियो   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.