फेसबुकमा अश्लिल फोटो राखिदिन्छु भन्दै धम्काउने पक्राउ

फेसबुकमा अश्लिल फोटो राखिदिन्छु भन्दै धम्काउने पक्राउ

परासी : फेसबुकमा अश्लिल फोटो राखिदिन्छु भन्दै धम्काउने एक युवकलाई पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। 

सुनवल नगरपालिका-७ बस्ने एक युवतीको सक्‍कली फोटो प्रोफाइलमा राखेर विभिन्न नयाँ आइडी बनाइ धम्काउने गरेका युवकलाई प्रहरीले उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक मोहनबहादुर खाँडले बताए।

पक्राउ पर्नेमा गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका-५ फोक्सिङ्ग घरभई हाल रुपन्देही सैनामैना नगरपालिका- ६ बस्ने २१ वर्षीय गणेश ढकाल हुन्। उनले युवतीको नामबाट बनाइएको आइडीमा अश्लिल फोटो राख्ने र आफूले भनेको नमाने अझ बढी अश्लिल तस्बिर अपलोड गदिदिने भन्दै धम्काउने गरेको प्रहरी नायब उपरीक्षक खाँडले बताए।

पक्राउ परेका युवकले युवतीसँग अनुचित सम्बन्धको प्रस्ताव राख्ने, विभिन्न स्थानमा भेट्न बोलाउने र रकमसमेत माग गर्ने गरेको अनुसन्धानमा खुलेको खाँडले बताए। 

पक्राउ परेका युवकलाई साइबर क्राएमअन्तर्गत कारबाही लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.