धनगढी गोलीकाण्ड : घाइतेको गोली निकालियो

धनगढी गोलीकाण्ड : घाइतेको गोली निकालियो

धनगढी : धनगढीमा गोली हानिएका आईएमईका कर्मचारी निर्मल कार्कीको पाखुरामा लागेको गोली निकाल्न थालिएको छ । सेती अञ्चल अस्पतालको सल्यक्रिया कक्षमा उनको पाखुरामा लागेको गोली निकाल्न सल्यक्रिया भइरहेको सर्जन डाक्टर सुरेन्द्र बस्नेतले जानकारी दिए।

उनले कार्कीलाई दुई गोली लागेपनि छातिमा गोली नरहेको डाक्टर बस्नेतले जानकारी दिए । ‘पाखुरामा गोली अड्किएको छ, हड्डीमा बढी चोट लागेकाले अर्थो सर्जन द्वय डाक्टर प्रमोद जोशी र डाक्टर सन्तोष पन्तले सल्यक्रिया गरिरहेका छन’ उनले भने।

पाखुराको गोली निकालेपछि छातीको घाउका लागि सर्जनहरु डाक्टर विसनसिह बोहरा, डाक्टर मिराज आलम अन्सारी र डाक्टर बस्नेतको टोली तैनाथ बसेको छ। धनगढीको मुख्य सडकमै रहेको शिद्धार्थ बैंकबाट साढे ९ लाख रकम निकालेर बैंकदेखि झण्डै चार सय मिटर टाढा रहेको आईएमईमा साइकल चढेर जान लागेका बेला मुख्य बजारको सेन्चुरी बैंक नजिकै कार्कीलाई मोटरसाइकलमा आएका दुई जनाले गोली हानी रकम लुटेका थिए।

कार्कीको पाखुरा र छातीमा गोली लागेको छ । गोलीकाण्ड पछि प्रहरीले लु ४० प ४४३८ नम्बरको मोटरसाइकल सहित दुई जनालाई धनगढी–अत्तरिया रोडमा पर्ने गेटा नजिकैबाट पक्राउ गरेको छ । तर प्रहरीले हतियार फेला नपरेको र उनीहरुले गोली हानेको स्वीकार नगरेको जनाएको छ।

‘गोलीकाण्ड लगत्तै परिचालन भएको प्रहरीले दुई जनालाई पक्राउ गरेर ल्याएको छ, तर दुबै जनाले गोली हानेको स्वीकार गरेका छैनन्, हतियार पनि फेला परेको छैन’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने,‘हामी अनुसन्धान गरिरहेका छौं ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.